Saturday, November 29, 2014

जातीय छुवाछूतविरुद्ध ऐतिहासिक फैसला

राधेश्याम विश्वकर्मा
भैरहवा, मंसिर १३– अहिले सम्म मिलापत्रमै टुङ्गिदै आएको जातीय छुवाछुत तथा बिभेदका मुद्दामा रुपन्देही जिल्ला अदालतले ऐतिहासिक फैसला गरेका छ ।
जिल्ला अदालत रुपन्देहीका जिल्ला न्यायधिश बालचन्द्र शर्माको ईजलाशले मंसिर ९ गते जातीय छुवाछुत तथा बिभेदको मुद्दा लागेका मानमटेरिया ३ बस्ने फूला केवट र उनका छोरा बिपत केवटलाई दावी बमोजिमको कसुर गरेको ठहर गर्दै जरिवाना र क्षतिपूर्तिको फैसला गरेका हो ।
कसुर गरेका बिपतलाई ३ हजार र फूलालाई २ हजार जरिवाना सहित दुवै जनाले पिडित सोही ठाउकी बरगदाही भन्ने अनारी हरिजनलाई २५ हजार क्षतिपूर्ति भर्न आदेश गरेको रुपन्देही जिल्ला अदालतका नायब सुब्बा युवराज पन्थीले बताए ।
यस्तो फैसला रुपन्देहीमै पहिलो पटक भएकोले दलित अगुवाहरुले न्यायको अनुभुति पाएको टिप्पणी गरेका छन् । यस अघि सम्म जातीय बिभेद तथा छुवाछुत सम्बन्धि जाहेरी लिएर जादा पनि प्रहरीले स्थानिय राजनैतिक दलहरुको दबावमा पिडक र पिडित पक्ष बिच मिलापत्र गर्दै मुद्दा टुङ्गयाउने गरिएको थियो ।
रुपन्देहीको मानमटेरिया ३ मधवनियाकी ६२ वर्षीया दलित वृद्धाले गाविसले जडान गरि दिएको सार्वजनिक धारा (हेन्ड पाइप) छोएको कारणनै बिभिन्न किसिमका जाती सूचक गाली प्रयोग गर्दै असार ७ गते कुटपिट गरिएको थियो । “त सानो जातीको मानिस होस र हामी ठुलो जातीको मानिसको धारामा पानी लिन किन आएको र धारा किन छोएको भन्दै बिपत केवट र उनकी आमाले धारामा पानी लिन गएको अवस्थामा कुटेको र जोगिएर भाग्न खोज्दा घर भित्र पसेर समेत कुटेको उनले बताईन ।
“भगवान घर बेर छ अन्धेर छैन” उनले स्थानिय भाषमा भनिन गाउका केही ब्यक्तिले मिल्न दबाव दिएको बताउदै आफु कुनै पनि हालतमा नमिल्ने र उनिहरुलाई कार्यवाही गराएर छोडने अठोट लिएको थिए आज आफ्ना अठोठ पुरा भएको हरिजनले बताईन । केही पैसाको लोभमा मैले यस्ता जातीय बिभेद गर्नेलाई उन्मुक्ति दिएको भए उनिहरुको मनोबल बढने र उनिहरु यस्ता घटना गर्न झन उत्साहित हुने भएकोले आफु अन्तिम सम्म लडने बताईन ।
जातीय मुद्दामा अपराध गरि मिलापत्रको नाममा प्रश्रय पाईरहेका यस्ता अपराधीलाई कानुनी कठघरामा उभ्याउन हसरजनले मिति ०७१।३।१० मा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिईन भने मिति ०७१।४।२ गते रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिईन । पिडितका तर्फबाट नेपाल सरकारका सरकारी वकिल मार्फत गएको थियो । जिल्ला अदालतले अभियुक्ता फूला केवटबाट १० हजार र बिपत केवटबाट २० हजार धरौटी लिई तारेखमा राखी मुद्दा अगाडी बढाइएकोमा वादीको माग दावी बमोजिम कसुर गरेको देखिएकोले जरिवाना र क्षतिपूर्तिको फैसला भएको नासु पन्थीले बताए ।
“श्रीमानको १० बर्ष अघि नै मृत्यु भै सकेको र भएको एक मात्र छोरा पनि बैदेशिक रोजगारको सिलसिलामा भारतमा भएको अवश्थामा घरमा एक्लै भएकोले केवट आमाछोराको निर्घात कुटाईबाट उनि केही दिन भैरहवा स्थित मेडिकल कलेजमा भर्ना हुनु परेको थियो । घटनाको केही दिन अघि साझ करिब साढे सात बजेको समयमा उनि पिउनका लागि पानी लिन जादाँ केवट आमाछोराले सो दिन पनि “त तल्लो जातीको मानिस हामी यहाँ भएको अवस्थामा पनि यस्तो मनपरी गरी पानी भर्न पाउँदैनस हामी छोइछिटो बार्नुपर्छ भन्दै कराउँदै केवटले लठ्ठीले मेरा टाउँको र संवदेनशिल अंगमा प्रहार गरी रगताम्य बनाएपछि आफुलाई जोगउँदै त्यहाबाट भागेको हरिजनले बताइन् । उनले थपिन्–“भागेर म आफ्नो घर सम्म पुग्दा मेरा पिछा गर्दै आएको केवटले पुन मलाई मरणसन्न हुने गरी कुटपिट गरी त्यहाँबाट गएको थियो ।” अदालतको फैसलाले त्यो दिनहरु बिर्सिएको उनले बताईन ।
जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ बमोजिम कसैले कुनै ब्यक्तिलाई जात, जाती, बंश, समुदाय वा पेशाको आधारमा सार्वजनिक सेवाको प्रयोग गर्न वा उपभोग गर्न बाट बञ्चित गर्नु हुदैन गरे कसुर गर्ने ब्यक्तिलाई ३ महिना देखि ३ बर्ष सम्म कैद वा १ हजार रुपैया देखि २५ हजार रुपैया सम्म जरिवाना वा दुबै सजाय हुने ब्यावस्था रहेको छ ।

No comments:

Post a Comment