Monday, April 21, 2014

नागरिकता नदिएको भन्दै परेको रिटमा सुनुवाई भई कारण देखाउ आदेश

जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले नागरिकता नदिएको भन्दै पुनरावेदन अदालत बुटवलमा परेको रिटमा आज सुनुवाई हुदै बिपक्षीहरुको नाउँमा कारण देखाउ आदेश जारी गरेको छ । 
मखना गडरियाले जिल्ला प्रशासन कार्यालय, कपिलवस्तु समेतलाई बिपक्षी बनाई बैषाख ७ गते बुटवलमा नागरिकता नबनाएको भन्दै रिट दायर गर्नु भएको थियो । मखाना गडरियाले दायर गर्नु भएको रिटमा आफु भारतमा जन्मिएर कपिलवस्तु जिल्ला, सिसवा गा.वि.स. वार्ड नं. ५ सिवभारीमा बिवाह भएकोले अंगिकृत नागरिकता पाउनु पर्ने भन्दै जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुमा निवेदन दिएको ८ महिना भन्दा बढी भइ सक्यो तर अहिले सम्म पनि नागरिकता नबनाएको कुरा उल्लेख गरिएको छ । 

http://supremecourt.gov.np/appeal/syspublic.php?d=reports&f=caseprocess&casno=176614

http://tjcnepal.blogspot.com/2014/04/blog-post_7.html

No comments:

Post a Comment