Wednesday, November 26, 2014

अर्जेन्ट अपिल

राज्यले हिजै देखि ई. दिपक साह, अधिवक्ता रोशन कुमार झा र धर्मलाल राय यादवलाई अज्ञात बनाएको कार्य प्रति हाम्रो ध्यानाकर्षण भएको छ । उनीहरुको अवस्था तत्काल सार्वजनिक गर्न हामी राज्यसँग माग गर्दछौं । साथै जेलबाट हालै धरौटी राखेर रिहा भएका डा. सी.के. राउतले खुलामञ्चमा कार्यक्रम गर्ने तयारी गरेपछि प्रहरीले उनको कार्यक्रम बिथोल्न सुन्धरा, शहीदगेट, घण्टाघर क्षेत्रमा जम्मा भएका मधेसी समूदायका युवाहरुलाई पक्राउ गरेको घटना प्रति समेत हाम्रो ध्यानाकर्षण भएको छ । प्रहरीले शान्तिपुर्ण कार्यक्रम गर्नको लागि भेला हुने क्रममा नै पक्राउ गरेको छ । हिजो देखि नै उनका समर्थक र कार्यकर्ताहरुलाई निगरानीमा राखी प्रक्राउ गर्दै आएको छ । हिजो नै गौशाला, तिलगंगा क्षेत्रबाट उनका कार्यकर्ता र समर्थकहरु धर्मलाल राय यादव, महेश यादव, बम्हदेव इसर, दिपक साह लगायतलाई प्रक्राउ गरेको थियो ।
हिजो पक्राउ परेका दिपक साह र धर्मलाल राय यादवको समेत अवस्था अज्ञात रहेको छ भने निजका समर्थक रोशन झाको समेत अवस्था अज्ञात रहेको छ । राज्यको उक्त कार्य निन्दनिय रहेको छ । प्रहरीले आज दिउँसो करिब १२ः३० बजे देखि भेला हुदै गरेका मधेशी युवाहरुलाई नियन्त्रण लिई पक्राउ गरेको छ । बिभिन्न चरणमा काठमाण्डौको सुन्धरा, शहीदगेट, घण्टाघर क्षेत्रमा जम्मा भएका मधेसी समूदायका युवाहरुलाई पक्राउ गरेको छ ।
डा. सिके राउत भन्ने चन्द्र कान्त राउत, कैलाश महतो, हरेन्द्र यादव, चन्दन सिंह, डा. राम शंकर महासेठ, नन्दलाला राय, राम नारायण महासेठ, मदन यादव, रुदल हरिजन, संजय यादव, प्रकाश पासवान, जितेन्द्र साह, सुरेश यादव, प्रकाश कुमार साह, श्याम सुन्दर मण्डल, सोनालाल यादव, मुकेश गुप्ता, चन््रदेव यादव, रामचन्द्र यादव, नन्द  किशोर साह, चन्द्र किशोर साह, चन्द्र नारायण देव, रमेश सिंह, नवीन मण्डल, संजय कुमार यादव, रंजीत कुमार साह, अरबिन्द कुमार सिंह, शम्भु कुमार दास, सर्वजीत कापड, जित नारायण मण्डल, राम मनोहर साह, सुमन्त सिंह, अभिषेक ठाकुर, संजय यादव, सुधिर यादव, राकेश गुप्ता, राकेश यादव, जैसर यादव, बिमल यादव, सरोज यादव, बिष्णु चौधरी, जयकान्त राउत, सत्यनारायण खड्ग, बृजेश कुमार सिंह, राजेश यादव, बिष्णु रावल, जय प्रकाश, कुमार यादव, दिपेन्द्र कुमार माझी, अनिल जयसवाल, कोमल यादव, बिनय पंजीयार, नरेन्द्र चौधरी, कैलाश महतो लगायतलाई प्रहरीले प्रक्राउ गरेको छ ।
साथै आज साँझ महानगरीय प्रहरी परिसर हनुमान ढोकाबाट ३२ जनालाई रिहा गरेको छ । भने हनुमान ढोकामा चार जनालाई अझ रिहा गरेको छैन । भने प्रहरी कार्यालयहरु महाराजगंज, बिशाल बजारको प्रहरी हिरासतमा राखिएका छन् ।
तसर्थ अज्ञात अवस्थामा रहेकाहरुलाई तत्काल सार्वजनिक गर्न अनुरोध गर्दछौं । साथै हिरासतमा रहेको डा. सि.के. राउत र निजका कार्यकर्ता तथा समर्थकहरुलाई तत्काल रिहा गर्न राज्यसँग अपिल गर्दछौं ।

रक्षाराम हरिजन
मानवअधिकार अधिकृत
थर्ड एलायन्स, काठमाण्डौ
सम्पर्क न. ९८५७०५०४४५


No comments:

Post a Comment