Monday, May 11, 2015

थर्ड एलायन्सद्वारा भूकम्प पिडितलाई रातह वितरण

 
काठमाण्डौं । तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स)ले बैशाख २५ र २६ गते सिन्धुपालचोक र काभ्रेपलान्चोक जिल्लाको भुकम्प प्रभावित गाविसमा राहत वितरण गरेको छ ।
एलायन्सले सिन्धुपाल्चोक जिल्लाको गोल्छे गाविस वडा नं. २, ६, ७, ८ र ९ का महाभुकम्प पिडितहरुलाई २ हजार ६ सय ५० कि.ग्रा. चामल, २ सय कि.ग्रा. गहूँ, ५० कि.ग्रा. चिउरा, ३५ कार्टुन पानी, ३६ थान त्रिपाल, १२० जोर बढी चप्पल, १५० थान बढी कपडा वितरण गरेको छ भने काभ्रेपलान्चोकको पोखरी नारायणस्थान गाविसको गिम्ती गाउँका भूकम्प पिडितहरुलाई २ सय कि.ग्रा. चामल र १५ थान त्रिपाल वितरण गरेको छ ।

सिन्धुपाल्चोकको गोल्छे गाविसका सम्पुर्ण घरहरु पुर्ण रुपमा ध्वस्त भएको देखिएको छ र ७६ जनाको ज्यान गएको स्थानियको भनाई छ । सो गाविसको भूकम्प पिडितहरुलाई आवश्यकता अनुसारको राहत सामग्री हाल सम्म पनि उपलब्ध नभएकोले तत्काल आवश्यक राहत समाग्रीको व्यवस्था गर्न थर्ड एलान्यसका अध्यक्ष अधिवक्ता दिपेन्द्र झाले नेपाल सरकारलाई आग्रह समेत गरेका छन् ।