Monday, November 10, 2014

२०७०/०७१ म मध्यपश्चिम क्षेत्रमा मात्रै प्रहरीद्वारा ६२५ वटा मानव अधिकार उल्लघनका घटना

बर्दिया, कार्तिक २४ – तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्स उप क्षेत्रीय कार्यालय नेपालगंजले बर्दियाका प्रहरी अधिकृतहरुका लागि आयोजना गरेको कार्यक्रमको सहजिकरण गर्दै डिआईजी केश बहादुर शाहीले २०७०/०७१ म मध्यपश्चिम क्षेत्रमा मात्रै प्रहरीद्वारा ६२५ वटा मानव अधिकार उल्लघनका घटना भएको भएको बताए ।
मानव अधिकार नेपालमा लोकतान्त्रिक गणन्तत्र आइसकेपछि पनि नेपाल प्रहरीद्वारा मानव अधिकार हनन्का घटनाहरु घटिरहेको पाइएको छ । कुनै ठाउँमा जानेर नै हुन्छन् भने कुनै ठाउँमा नजानेर पनि मानव अधिकार हनन्का घटना हुने गरेका छन् ।
अझै पनि प्रहरीलाई मानव अधिकारको पूरा जानकारी छैन भन्ने कुरा तराई मानव अधिकार रक्षकक संजाल थर्ड एलायन्स उप क्षेत्रीय कार्यालय नेपालगंजले कानून कार्यन्वयन गर्ने कार्यमा संलग्न नेपाल प्रहरीका अधिकृतहरुका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमबाट पीि थाहा पाउन सकिन्छ ।
बर्दिया जिल्लाका ३० जना प्रहरी अधिकृतहरुको सहभागिता रहेको तालिममा प्रहरीले मानव अधिकार सम्बन्धी नजानेका र नबुझेका कुराहरु प्रशिक्षणलाई ढुक्कका साथ सोधेका थिए ।
तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्सका केन्द्रिय अध्यक्ष अधिवक्ता दिपेन्द्र झा र मध्यपश्चिम प्रहरी प्रमुख डिआइजी केशबहादुर शाहीले मानव अधिकार सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । अधिवक्ता दिपेन्द्र झाले भिड नियन्त्रण, पक्राउ, अनुसन्धान लगायतका विधामा केके प्रक्रिया पु¥याउनुपर्छ भनेर प्रशिक्षण दिएका थिए ।
उनले पक्राउ, भिड नियन्त्रण, अनुसन्धान, बालबालिका पक्राउ लगायत विषयमा मानव अधिकार, प्रक्रिया सम्बन्धी सम्पूर्ण तालिम दिएका थिए ।
प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दिपेन्द्र झाले प्रहरीले अझैपनी डर धम्की देखाएर बयान लिने गरेको भन्दै त्यस्तो कार्य प्रहरीले गर्न नहुने बताए ।
उनले अब प्रह्रीको अनुसन्धान बयानमुखी भन्दा पनि वास्तवीक प्रमाण मुखि हुनुपर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै डिआइजी केश बहादुर शाहीले अभिमुखिकरणमा सिकेका कुरा कार्यक्षेत्रमा काम गर्दा प्रयोगमा ल्याउन प्रहरीहरुलाई निर्देशन समेत दिनुभयो । प्रहरीले काम गर्दा मानवअधिकारको समेत ख्याल गर्नुपर्ने डिआइजी थापाको भनाई रहेको थियो ।
डिआइजी शाहीले मानवअधिकारका घटना न्युन घट्ने जिल्ला प्रहरी कार्यलयलाई पुरुस्कृत गर्ने समेत बताए ।
- See more at: http://www.ratopati.com/2014/11/10/181265.html#sthash.MkJrljF2.Bqb3jkzf.dpuf

No comments:

Post a Comment