Monday, September 22, 2014

थर्ड एलायन्सका अध्यक्ष अधिवक्ता दिपेन्द्र झाद्वारा डा सी. के. राउतको अविलम्ब रिहाईका लागि संयुक्त राष्ट्र संघीय अधिकारीहरु समक्ष लविङ

आज तराई मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष अधिवक्ता दिपेन्द्र झाले डा सी. के. राउतको अविलम्ब रिहाईका लागि जेनेभास्थित संयुक्त राष्ट्र संघीय अधिकारीहरु समक्ष लविङ गरेका छन् । राजद्रोहको मुद्दा लगाइएको राउत विगत १० दिनदेखि हिरासतमा छन् । झाले जेनेभास्थित विभिन्न संयुक्त राष्ट्र संघीय अधिकारीहरु तथा निकायहरुसमक्ष डा राउतलाई सरकारले स्वेच्छाचारी ढंगले गिरफ्तार गरेको र उनको अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन गरेको बताए । उनले तराईमा विद्यमान मानव अधिकारको स्थितिका बारेमा ती अधिकारीहरुलाई जानकारी गराउँदै राज्य तथा प्रहरीले मधेसीहरुलाई भेदभावपूर्ण व्यवहार गरेको र तराईका उपेक्षित समुदाय खासगरी मधेसी, जनजाती तथा दलितहरु बढीमात्रामा यातनाको शिकार हुनेगरेको पनि उल्लेख गरे । झाले संयुक्त राष्ट्र संघमा खासगरी विशेष कार्यविधि विभागका सह मानव अधिकार अधिकृतहरु जेनिफर जोकसाद, जोन डोमिनिक तथा विशेष कार्यविधि विभागका मानव अधिकार अधिकृत भिक्टोरिया कुनलाई भेटेर तराईको मानव अधिकारको स्थितिमा अवगत गराए । झाले अभिव्यक्ति स्वतनत्रता उल्लंघनको घटनाबारे पनि संयुक्त राष्ट्र संघीय अधिकारीहरुसमक्ष राखे । अधिवक्ता झाले राउतको आमरण अनसनका कारण स्वास्थ अवस्था विग्रिदै गएकोले तत्काल रिहाईका लागि वक्तब्य दिनका लागि संयुक्त राष्ट्र संघीय मानव अधिकार अधिकृतहरुलाई अनुरोध गरे ।

No comments:

Post a Comment