Wednesday, November 12, 2014

नागरिकतामा “आमा वा बाबु” भन्ने प्रावधान कायम गराउन बृहत ¥याली हुने

काठमाडौं, २५ कात्तिक ।
नयाँ बन्ने संविधानमा “आमा वा बाबु” को नामबाट नागरिकता जारी गर्नका लागि संविधानसभालाई दबाब दिन मुलुकको विभिन्न भागमा ¥याली निकाल्ने भएको छ । ¥यालीसँगै बृहतरुपमा हस्ताक्षर संकलन गर्ने कार्यक्रम समेत राखिएको छ ।

नागरिक समाजका युवा अधिकारकर्मीहरुको सञ्जालले गर्न लागिएको उक्त कार्यक्रम मार्फत नागरिकलाई नागरिकता सम्बन्धि चेतना अभिबृद्धि एवंम पैरवी गर्ने उद्धेश्य रहेको छ । साथै, माघ ८ मा जारी हुने संविधानको खाकामा नागरिकताको सन्दर्भमा “आमा र बाबु”को सट्टामा “आमा वा बाबु” भन्ने प्रावधान सुनिश्चित गरियोस भनि संविधान सभालाई ¥याली मार्फत दवाव दिनु संस्थाको मुख्य उद्धेश्य रहेको छ ।

काठमाडौं, पाँचथर, सुनसरी, महोत्तरी, धादिङ, रौतहट, नवलपरासी, रुपन्देही, सल्यान, दाङ, सुर्खेत, बाँके, जाजरकोट, जुम्ला, बजाङ, कैलाली र डडेलधुरा गरी १७ ओटा जिल्लामा कात्तिक २९ शनिबारका दिन ¥याली बिहान ८ बजे देखि १० बजेसम्म हुने सञ्जालले जनाएको छ । भने हस्ताक्षर संकलन विहानै ८ बजेबाट सुरु भई दिउँसो २ बजे सकिने  छ । यस किसिमको कार्यक्रमहरु मुलुक भर विस्तारै फैलाउने समेत सस्थाको उद्धेश्य रहेको सञ्जालले जनाएको छ ।

वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्न संविधानतः “आमा र बाबु” भन्ने प्रावधानले आफ्ना सन्तानलाई नागरिकता प्रदान गर्ने महिला र पुरुष दुबैको अधिकार कटौती गरी आफ्ना बालबालिकाहरुलाई राज्यविहीनताको जोखिममा समेत पार्दछ । यी लगायतका समस्याहरु सम्बोधन गर्न वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्न “आमा वा बाबु” भन्ने प्रावधान राखिनु पर्दछ भनी संविधान सभा भित्र तथा बाहिर सबैतिरबाट आवाजहरु उठिरहेको छ । त्यसैले नागरिकतालाई पुनः विवादित विषयको सूचिमा समावेश गरी समाधानका लागि संविधान सभामा छलफल भैरहेको छ ।

नयाँ संविधानमा “आमा र बाबु” भन्ने प्रावधान राखियो भने कुनै पनि नेपाली बालबालिकाले नागरिकता प्राप्त गर्नका लागि उनीहरुका आमा र बाबु दुबै जना सहमत हुनु पर्ने, वंशजको नागरिकता प्राप्त गर्न “आमा र बाबु” दुबैजना नेपाली नागरिक हुनु पर्ने, आमा र बाबु दुबै नेपाली नागरिक भएर पनि नागरिकता दिलाउन नचाहेको वा नसक्ने भएमा बालबालिका राज्यविहीन हुनु पर्ने, नेपालमा अहिलेसम्म बाबु विदेशी र नेपाली आमाबाट जन्मिएका सन्तानले अंगिकृत नागरिकता पाएको एउटा पनि उदाहरण नरहेको सञ्जालले स्मरण गरिएको छ ।

यसतो प्रावधानले नेपाल पक्ष राष्ट्र भएका मानवअधिकारका सन्धिहरुसँग र विश्वव्यापी रुपमा देशहरुले गरेको अभ्याससँग पनि मेल नखाने जस्ता अंकुशकारी प्रावधानहरुबाट छुटकारा पाउन “आमा र बाबु” को सट्टामा “आमा वा बाबु” को नामबाट नागरिकता दिलाउने प्रावधान हुने पर्दछ । “आमा वा बाबु” प्रावधानले पुरुष र महिलाले आफ्नो स्वविवेकले सन्तानलाई समान रुपमा नागरिकता प्रदान गर्ने अधिकार स्थापित हुन्छ ।

यस किसिमको प्रावधानले बालबालिकालाई उपलब्धताको आधारमा आमा वा बाबुमध्ये कुनै एकको वा दुबैको नामबाट नागरिकता लिने भन्ने सम्बन्धमा छनौट गर्न अवसर प्रदान गर्ने सरोकारवालाहरुको भनाई रहेको छ ।

- See more at: http://www.enepalikhabar.com/misc/2014/11/33414#sthash.eeopgs04.0PGzUQMb.dpuf

No comments:

Post a Comment