Wednesday, November 5, 2014

प्रेस नोट

२०७१ कात्तिक १८ गते सम्मानित पूनरावेदन अदालत जनकपुरले सेराजुल नुरीको हत्याको मुद्दामा बिपक्षीहरुको नाउँमा जाहेरी दरखास्त दर्ता गरी अनुसंधान तथा छानबिन गर्नु गराउनु भनि परमादेशको आदेश जारी गरेको छ । पूनरावेदन अदालत जनकपुरका माननिय मुख्य न्यायधिश श्री पुरुषोत्तम भण्डारी र माननिय न्यायधिश श्री मेघनाथ भट्टराईको संयुक्त इजलासले सो आदेश जारी गरेको हो । पूनरावेदन अदालत जनकपुरले यस्तो किसिमको दोहोरो भिडन्तको नाउँमा हुने हत्याको बिषयमा पहिलो पटक प्रहरी बिरुद्धको परमादेश जारी गरेको हो ।
मृतक (सेराजुल नुरी)का भाई मो. इसराफिल मंसुरीले २०७० चैत्र १० गते जाहेरी दरखास्त दर्ता गरी अनुसंधान छानबिन गर्न तथा दोषी उपर ज्यान सम्बन्धी महल बमोजिम कार्यवाही गरी पाउन बिपक्षीहरुको नाउँमा परमादेशको आदेश जारी गरी पाउँ भनि अदालतमा मुद्दा दर्ता गरेका थिए ।  जिल्ला प्रहरी कार्यालय, महोत्तरी जलेश्वरले जाहेरी दरखास्त गर्दा नगरे पछि २०७० माघ २७ गते मो. इसराफिल मंसुरीले कर्तव्य ज्यान अन्र्तगत हुलाकबाट जाहेरी पठाएका थिए । उक्त जाहेरी पनि जिल्ला प्रहरी कार्यालयले दर्ता गरेको थिए । २०७० साल आश्विन माघ २२ गते २ः०० वजे उक्त घटना भएको थियो । जाहेरी दरखास्त अनुसार मृतक सेराजुन नुरीलाई प्रहरी कार्यालयका प्रहरी उपरिक्षकको निर्देशनमा प्रहरी र अन्य सुराकीले कलुसित मनसाय पुर्वक गोली हानी हत्या गरेको भनि पिडित परिवारको दावी रहेको छ । सो कार्य फौजदारी अपराधको दायरा भित्र कार्यवाही गर्नु पर्ने माग गरिएको छ । तर प्रहरीले उक्त घटनालाई प्रहरीसंगको दोहोरो भिडन्तमा मृत्यु भएको भन्दै भवितव्य ज्यान अन्र्तगत अनुसंधान गरेको थियो ।
उक्त मुद्दामा जिल्ला प्रहरी कार्यालय महोत्तरी जलेश्वर, जिल्ला प्रहरी कार्यालय महोत्तरी जलेश्वरका कार्यालय प्रमुख, जिल्ला प्रशासन कार्यालय महोत्तरी जलेश्वर, जिल्ला प्रशासन कार्यालय महोत्तरी जलेश्वरका प्रमुख जिल्ला अधिकारीलाई बिपक्षी बनाइएको थियो ।
जिल्ला प्रहरी कार्यालय, महोत्तरी जलेश्वर लगायतका सम्बन्धीत निकायले अदालतको आदेश बमोजिम जाहेरी दरखास्त दर्ता गरी फौजदारी न्याय प्रणाली अन्र्तगत निष्पक्ष र विश्वसनिय तरिकाले अनुसंधान तथा छानबिन गरी अभियोगपत्र दर्ता गर्न अपिल समेत गर्दछौं ।

रक्षाराम हरिजन
तराई जस्टिस् सेन्टर
काठमाण्डौं
मिति २०७१ कात्तिक २० गते  

No comments:

Post a Comment