Tuesday, January 7, 2014

गैरकानुनी तरिकाले प्रक्राउ गरी कुटपिट

कोईलाडी बरसाइनका तेतर मण्डललाई प्रहरीले पुस १७ गते गैरकानुनी तरिकाले प्रक्राउ गरी कुटपिट गरेको छ । नयाँ बर्ष मनाउने क्रममा रक्सी खाएको भन्दै कोईलाडी बरसाइन चौकीका प्रहरी असइ टेक बहादुर राउतले गाली गलौज गर्दौ कुटपीट गरेका थिए । जाँड खाएर उनीसंगै रहेको अन्य व्यक्तिलाई भने पक्राउ गरेनन् ।
मिति २०७०।९।१७ गते अर्थात १ जनवरी २०१४ मा नयाँ साल मनाउने क्रममा कोईलाडी बरसाईन ७ रक्सी पसलवाट तेतर मण्डल, संतोष मण्डल, अमरेन्द्र पण्डित मंगला भन्ने विताई मण्डल, राजकुमार मण्डल र रामबालक मण्डल, अन्दाजी राती ९ बजे रक्सी खाएर घर जाने क्रममा तेतरलाई मात्रै प्रहरी पक्राउ गरेको उनले बताए । संतोष मण्डलको भनाई अनुसार वाटोमा उनले हिलो हेरेर अहिले पनि बाटोमा पानी फालेर हिलो गरेको भन्दै थिए कि केही टाढा गस्तीमा रहेका असइ राउतले कुटपीट गर्न थालेका थिए । संतोषले भने “मैले दुबैलाई छुटयाएर तेतरलाई घर पठाई दियेको थिएँ तर १८ गते विहान तेतरलाई समातेर लगेका थिए । किन समातेको सोध्दा निजको श्रीमति जीबछी देवी मण्डललाई समेत कुटपीट गरेका थिए ।”
तेतर मण्डल र उनको श्रीमती जीबछी देवी मण्डललाई कुटपीट गरेको नील डाम प्रष्ट देखिन्छ । तेतर मण्डलका अनुसार “पहिला धेरै चोटी माछा दिएको थिएँ । त्यो दिन माछा माग्दा थोरै माछा निस्केकोले अर्को दिन दिन्छु, भन्दा प्रहरी राउतले पख देखाई दिन्छु भनेर गएका थिए र राति मसंग निउ खोजेर झूठा मुद्दा लगाई कुटपिट समेत गरेका थिए ।” जडियालाई समात्ने क्रममा उनीसंग रहेको अन्यलाई पनि समात्नु पर्ने हो तर उनलाई मात्रै समातेको गुनासो गरेका छन् ।
यता असई टेक बहादुरले भने “मलाई थाहा भयो केही जडियाहरु जाँड खाएर टोलमा गएर हो हल्ला गर्छन भनेर गएँ, त्यहाँ पुग्दा कोई भेटाएन तर केही बेर मै उनीहरु गली गलौज गर्दै जादै गरेका थियो । मैले नै समातेको हो तर कुटपीट गरेको छैनन् ।”

No comments:

Post a Comment