Monday, January 6, 2014

बि.व्य.स. गठन प्रक्रिया अगाडी नबढाउन अन्तरिम आदेश

रक्षाराम हरिजन,
भैरहवा, पुस २३
महालक्ष्मी प्रा.बि.को बिद्यालय व्यवस्थापन समितिको गठन प्रक्रिया अगाडी नबढाउन पुनरावेदन अदालत बुटवलले बिपषीहरुको नाउँमा अन्तरिम आदेश जारी गरेको छ । अध्यक्ष पदको उम्मदेरवार मुरली चमारले समितिको निर्वाचनमा धाँधली भएको भन्दै छनौट समिति, जिल्ला शिक्षा कार्यालय, निर्वाचन अधिकृत तथा निर्वाचित चनिएका धनेश्वर अधिकारीलाई बिपक्षी बनाई पुस २२ गते रिट दायर गरेको थिए ।
पुस १४ गते सो बि.व्य.स.कोे निर्वाचन प्रक्रियामा गैरकानुनी तरिकाले एक पक्षीय निर्णय गरी गोला प्रथाबाट छनौट गरी धाँधली गरिएको मुरलीको दावी छ । सो बिद्यालयको बि. व्य. स. निर्वाचन प्रक्रियामा मतदान सम्पन्न भई मतगणना कार्य सकिन लाग्दा आफु ५८ मत पाएको अध्यक्ष पदको प्रत्यासी मुरली चमारले बताए थिए । अन्तरिम मतमा सवास्तिक छाप धमिलो भएको हुँदा छनौट समिति तथा जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरुले जबरजस्ती बदर गरेको आरोप लगाएका छन् । अर्का प्रत्यासी धनेश्वर अधिकारीको पनि ५७ मत पुगेको थियो । एक मत बदर गरे पछि दुवै प्रत्यासीको मत ५७÷५७ भई बराबर भएको रिटमा भनिएको छ ।
पुनः गणना गर्न माग गर्दा समेत कर्मचारीहरुले कुनै सुनुवाई नगरी गैरकानुनी तरिकाले गोला प्रथा गरेको रिट निवेदनमा उल्लेख गरिएको छ । मुरली चमारका अनुसार छनौट समितिको अध्यक्ष, मतदान अधिकृत लगायतका कर्मचारी, प्रहरी अन्य सहयोगी सबै पहाडी समुदायको रहेकोले बिभेद पुर्ण व्यवहार गरेका छन् । उनले भने “प्रतिद्धन्द्धी धनेश्वर अधिकार पहाडी समुदाय कै भएको हुनाले समिति र कर्मचारीहरुले मनोमानी गरेका छन् । म एक्लै मधेशी र दलित समुदायको भएकै कारणले मलाई बोल्ने मौका दिएनन् । र गैरकानुनी तरिकाले पराजय गरेको उद्घोष गरेका थिए ।”
निर्वाचन प्रक्रियाको बिरोध गर्दै सम्पुर्ण अभिभावकले समेत पुनः गणना माग गर्दा समेत छनौट समितिले कुनै सुनुवाई नगरेको अभिभावकहरुको गुनासो रहेको छ । दुई तिहाई भन्दा बढी अभिभावकहरुले लिखित रुपमा नै अध्यक्षको पदको सम्पुर्ण निर्वाचन प्रक्रिया बदर गरी पुनः निर्वाचन गर्न÷गराउन जिल्ला शिक्षा कार्यालय, जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएर आन्दोलन समेत गरी रहेका छन् ।

No comments:

Post a Comment