Thursday, January 1, 2015

डा.सि.के. राउत समर्थक इरफान अहमद खान र अब्दुल खानको अवस्था तत्काल सार्बजनिक गरी रिहा गर



डा. सि.के. राउतले सम्बोधन गर्ने आमसभा कार्यक्रमलाई लक्षित गरी निजका समर्थकहरु प्रचारप्रसार गरि रहेको अवस्थामा आज साझ करिब ६ बजे डा.सि के राउत बचाऊ संघर्ष समितका सदस्य जिल्ला बर्दिया बस्ने अब्दुल खान र जिल्ला बाँके गा.बि.स.हिरमिनिया वार्ड न.३ बस्ने इरफान खानलाई नेपालगंज हुलाक कार्यालय नजिकको कोठा बाट ६/७ जना सादा पोशाकमा गएका नेपाल प्रहरीले छापामारी निजहरुलाई अपाहरण शैलीमा गैर कानुनी तरिकाले पक्राउ गरी हाल सम्म पनि अवस्था सार्बजनिक नगरी बेपत्ता बनाएको कार्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाल प्रहरीले बिना कुनै कसूर पटक पटक पक्राउ गर्नु र छोड्नुले सम्पुर्ण मधेशी समुदायमा भयत्रासको वातावरण बनेको छ । नेपालको अन्तरिम संविधान २०६३ को धारा १२ (२) र (३) ले प्रदान गरेको व्यक्तिगत स्वतन्त्रता र शान्तिपुर्ण तवरले सभा सम्मेलन गर्न पाउने जनताको अधिकार माथि आघात परेको छ । 
तसर्थ निजहरुको अवस्था सार्बजनिक गरी तत्काल रिहा गरी शान्तिपुर्ण तवर राजनीतिक सभा सम्मेलन गर्ने अधिकार सुनिश्चित गर्न माग गर्दछौं ।
शैलेन्द्र अम्बेडकर (हरिजन )
क्षेत्रीय मानव अधिकार संयोजक 
तराई मानव अधिकार रक्षक संजाल पश्चिम,मध्य पश्चिम र सुदूर पश्चिम क्षेत्रीय कार्यालय भैरहवा , ९८५७०११४२४ ,९८४८०४६३०५ ,९८६५६०५४५८

No comments:

Post a Comment