Tuesday, January 20, 2015

२०७१ माघ ६ गते बन्दको अनुगमन गरिएको संक्षित रिपोर्ट

बाँके, ६ माघ । पहिचानसहितको सङघीय संविधान जारी गर्नुपर्ने माग गर्दै आएको एकीकृत माओवादी सहितको ३० दलीय मोर्चा, मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले संयुक्त रुपमा आह्वान गरेको नेपाल बन्दको प्रभाव मध्य र सुदुरपश्चिममा पनि प¥यो । 
तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्स उप क्षेत्रीय कार्यालय नेपालगंजले बन्दको अनुगमन गर्ने क्रममा बन्दकर्ताहरुले विहानै नेपालगंज उपमहानगरपालिका वडा नं. १२ मा रहेको वेष्टजोन स्कुलमा परिक्षा चलिरहेको अवस्थामा विद्यार्थीहरुको उत्तरपुस्तिका जलाए पछि परिक्षा स्थागित भएको थियो । चने विद्यालय तत्काल बन्द गरिएको थियो ।
बन्द गराउदै हिडिरहेका बन्दकर्ताहरु माथि इलाका प्रहरी कार्यालय का डिएसपी जनक बहादुर शाही नेतृत्वको प्रहरीले बन्दकर्ता माथि लाठ्ठी चार्ज गरेको थियो । सो क्रममा कसैले गम्भीर चोट नलागेको फोरम लोकतन्त्रीकका बाँकेका उपाध्यक्ष फुलाराम थारुले जानकारी गराएका थिए ।
कोहलपुरमा बन्दको विरुद्धमा स्थानीयहरुले बन्द फिर्ता गर, शान्तिले बाच्न देउ र माघ ८ मा संविधान जारी गर भन्दै प्रर्दशन गर्न खोज्दा बन्दकर्ताहरुले लखेटेका थिए । 
नेपालगंजमा बन्दकर्ताहरुले शान्तिपूर्ण रुपमा चोक चोकमा बसी यातायातका गाडीहरुलाई संचालनमा आउन दिएका थिएनन् ।
बन्द गराउन गाँउ गाँउबाट गाडीमा आउन लागेको बन्दकर्ताहरुलाई नेपालगंज पुग्न दिई प्रहरीले फिर्ता गरेको छ । 
यस्तै बर्दिया जिल्लाको गुलरिया नगरपालिकामा पनि बन्दको स्थानीय कासीहरुले प्रतिकार गरेका छन् । बर्दियामा कुनै पनि किसिमा क्षति हुन सकेको छैन् । शान्तिपूर्ण रुपमा बन्द सफल भई रहेको बन्दकर्ताहरुले बताएका छन् । 
यसैगरी धनगढीकामा कुनै पनि किसिमको क्षति नभए पनि बन्दको विरुद्धमा नेपाली काग्रेशका कार्यकर्ता,व्यापारीहरुले धनगढीमा प्रर्दशन गरेको मानव अधिकार अनुगमन कर्ताहरुले जनाएका छन् । नेपाली काग्रेशका कार्यकर्ताहरुले संघीयता चाहिदैन, देश टुक्रायाउन पाईदैन्, यसपालीको हैजा प्रचण्डलाई लैजा । जस्ता नारा लगाएका थिए ।
कञ्चनपुर ः बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले एउटा ट्रकमा क्षति, मोटरसाईकल तोडफोड, बन्दको प्रतिकार गर्नेहरुलाई लखेटेको । सम्पूर्ण सरकारी, गैर सरकारी कार्यालय बन्द रहेका छन् ।
तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्स उप क्षेत्रीय कार्यालय नेपालगंज बाँके ।

No comments:

Post a Comment