Friday, January 16, 2015

प्रेस बिज्ञप्ति

आज माघ २ गते आदिवासी/जनजाती रास्ट्रिय आन्दोलन समितिले आयोजना गरेको शान्तिपूर्ण जनसभामा प्रहरीले दमन गरेको कार्य प्रति हाम्रो ध्यानाकर्षण भएको छ, प्रहरीले उक्त सभामा लाठी चार्ज गर्दा लगभग ५/६ जना घाइते भएका छन् भने करिब १५ जनालाई पक्राउ पनि गरेको छ. नागरिकले शान्तिपूर्ण सभासम्मेलन गर्न पाउने अधिकारमा आघात पुगेको छ. नेपालको अन्तरिम संविधान २०६३ को धारा १२ (२) र (३) ले सुनिश्चित गरेको व्यक्तिगत स्वतन्त्रता र शान्तिपुर्ण तवरले सभा सम्मेलन गर्न पाउने जनताको अधिकार माथि आघात गरेको छ । राज्यले पक्राउ गरेको व्यक्ति अबिलम्ब रिहा गर्न तथा आगामी दिनहरुमा त्यस्तो कार्य नदोहोर्याउन समेत अनुरोध गर्दछौ.
रक्षाराम हरिजन
मानवअधिकार अधिकृत
मिति २०७१/१०/०२ गते

No comments:

Post a Comment