Monday, December 29, 2014

डा.सिके राउत सहित १५ जनापक्राउ

जलेश्वर, पुस १४ गते । स्वतन्त्रमधेश गठबन्धनका केन्द्रीय संयोजक डा.सीके राउतलाई प्रहरीले पुनः सोमबार जिल्लाको सदरमुकामजलेश्वरबाट पक्राउ गरेको छ ।
प्रहरीले डा.राउत सहितउनका १५ जनाकार्यकर्ताहरुलाई समेत पक्राउ गरेर जिल्लाप्रहरी कार्यालयमा राखेको छ ।
सोमबार दिउँसो आमसभामाभागलिनजलेश्वर नगरपालिकास्थितमञ्चमाजाँदै गर्दा उनलाई प्रहरीले पक्रेर भ्यानमा राखेकाथिए । उनीसंगै केन्द्रीयपार्षद सुरेश पाण्डेय, गजेन्द्र गुप्ता, संजय गुप्ता, केन्द्रीय सहजकर्ता चन्दन सिंह र कार्यकर्ता राकेश साहपनिपक्राउ परेकाथिए ।
जिल्लाप्रहरी कार्यालयकाप्रहरी निरिक्षक नरेश महतोको कमाण्डमा रहेको टोलीले उनलाई पक्राउ गरी जिल्लाप्रहरी कार्यालय महोत्तरीमा राखेको जनाइएको छ ।
गठबन्धन जिल्लाकार्य समितिमहोत्तरीले आइतबार जिल्लाको सदरमुकामजलेश्वरमाआयोजना गरेको आमसभामा सहभागीहुनआउँदा डा. राउतलाई पिपराबाटै पक्राउ गरेर साँझ७ बजे छाडेकाथिए ।
आइतबार हुननसकेको कार्यक्रम सोमबारदिउँसो २ बजे नगरपालिकाचोकमागर्ने निर्णय गरेपछि सोमबार विहानैदेखि व्यापकमात्रामा सुरक्षाकर्मीपरिचालनगरिएको थियो भने बाटैबाट कार्यकर्तालाई पक्राउगर्न शुरु गरेको थियो ।
कार्यक्रमपूर्व नै गठबन्धनका केन्द्रीयउपाध्यक्ष कैलाशमहतो, जिल्ला संयोजक देवेन्द्र चौधरी, सप्तरीका सुरेन्द्र मधेशी, मनोज यादव, धनुषाअध्यक्षनागेन्द्र मण्डल, विवेक कर्ण, रामशंकर महासेठ, प्रचारप्रसार गरिरहेका रंजितराजमधेशी सहितकाकार्यकर्तालाई प्रहरीले पक्राउ गरेकाथिए ।
यसैबीचनिमित्तप्रमुखजिल्लाअधिकारी किरण थापाले गृहको आदेशानुसार उनीहरुलाई पक्राउगरिएको जानकारी दिनुभयो । उहाँले उनीहरुलाई छोडने नछोडनेबारे छलफल भइरहेको जानकारी समेत दिनुभयो ।
गठबन्धनले आयोजना गरेको आमसभाआइतबार पनिविथोलिएको थियो भने सोमबार पनि सबैलाई पक्राउ गरेपछि कार्यक्रमहुननसकेको जनाइएको छ । 

No comments:

Post a Comment