Tuesday, January 6, 2015

तराईमा हालैका राजनीतिक र्यालीमा प्रहरीदद्वारा गरिएको स्वेच्छाचारी गिरफ्तारी, बन्दी बनाउने कार्य तथा आवश्यकताभन्दा बढी शक्तिको प्रयोगसम्बन्धी प्रतिवेदन

स्थिति प्रतिवेदन
तराई मानव अधिकार सञ्जालद्वारा संकलित सूचनाको आधारमा तयार पारिएको प्रतिवेदन
२०७१ पुस २१ गते

स्वतन्त्र मधेश गठबन्धनद्वारा आयोजित सार्वजनिक ¥यालीहरुमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलद्वारा गरिएको स्वेच्छाचारी गिरफ्तारी तथा अधिक शक्तिको प्रयोगका सम्बन्धमा तराई मानव अधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स) चिन्ता व्यक्त गर्दछ । 
थर्ड एलायन्स स्वतन्त्र मधेश गठबन्धनको शान्तिपूर्ण ¥यालीहरुमा अवरोध नपु¥याउनका लागि गृहमन्त्रीलाई अनुरोध गर्दछ र आजसम्म गिरफ्तार व्यक्तिहरुलाई उनीहरुले हिंसा प्रयोग गरेको स्पष्ट प्रमाण भएको अवस्थाका व्यक्तिहरु बाहेक सबैलाई मुक्त गर्न माग गर्दछ । थर्ड एलायन्स गिरफ्तार भएको व्यक्तिको सन्दर्भमा उनीहरुलाई नेपाल सदस्य रहेको मानव अधिकारसम्बन्धी सन्धिहरुले प्रदान गरेको शान्तिपूर्ण सभामा भाग लिन पाउने र आफ्ना कुराहरुलाई अभिव्यक्त गर्न पाउने अधिकारको हनन भएको ठहर गर्दछ ।  
थर्ड एलायन्स स्वतन्त्र मधेश गठबन्धनका भावी सभाहरुको पर्यवेक्षण गर्नका लागि राष्ट्रिय मानव अधिकारलाई अनुरोध गर्दछ र स्वतन्त्र मधेश गठबन्धनका गिरफ्तार कार्यकर्ताहरुको सम्ब्न्धमा अनुसन्धान गरी त्यसको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गर्दछ । 

पृष्ठभूमिः 
सभाहरुमा प्रायः तीनहजार मानिसहरुको सहभागिता रहेको पाइएको छ र सहभागीहरुले गान्धी, बुद्ध तथा मण्डेलाका तस्वीर बोकेर मधेस स्वराज जिन्दावादको नारा लगाउने गरेको पाइएका छन् । कुनै पनि सहभागीहरुले कुनै पनि हतियार बोकेको पाइएको छैन । गठबन्धनका नेता डा सिके राउतले मधेसको स्वतन्त्रताको लागि आवाज उठाए पनि उनी त्यसका लागि हिंसाको प्रयोगको वकालत गर्दैैनन्।
डा सिके राउत तथा उनका समर्थकहरुले आफूहरुप्रति भएको व्यवहारलाई काठमाडौंमा रहेका मानव अधिकारसम्बन्धी संस्थाहरुले ध्यान नदिएकोमा आश्चर्य व्यक्त गरेका छन् र उनीहरुले सभाहरु निषेधित रहेको र प्रायः सभाहरु हिंसात्मक हुनेगरेको भन्ने झुठो समाचार सञ्चार माध्यमहरुले दिने गरेको कुराप्रति पनि डा सिके राउत तथा उनका समर्थकहरुले आश्चर्य व्यक्त गरेका छन् । थर्ड एलायन्सले गठबन्धनद्वारा आयोजित काठमाडौं, बारा, महोत्तरी, कपिलवस्तु, जनकपुर तथा मोरङका ६ वटा सभाहरुको पर्यवेक्षण गर्दा कुनै पनि बालबालिकाहरुको प्रयोग नभएको पायो । 
थर्ड एलायन्सको बारम्बारको अनुरोधका बावजुद पनि राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिहरु दुईवटा सभामा मात्रै (महोत्तरीको जलेश्वर र मोरङको विराटनगरमा) मात्रै उपस्थित रहेको थियो । तर आयोगले ती सभाहरुमा प्रहरीले देखाएको व्यवहार, प्रहरीद्वारा भएको गिरफ्तारी तथा बन्दी बनाउने कार्यका सम्बन्धमा आयोगले आफ्ना प्रतिवेदन बाहिर ल्याएको छैन । 

स्वेच्छाचारी गिरफ्तारी तथा बन्दी बनाउने कार्य
प्रहरीद्वारा सर्व प्रथम २०७१ भाद्र २८ गतेका दिन हस्तक्षेप मोरङको रंगेली शहरमा भएको थियो । त्यस दिन एउटा सभामा प्रमुख अतिथिको रुपमा भाषण गरेर घर फर्किरहेको अवस्थामा प्रहरीले उनलाई गिरफ्तार गरेको थिए । त्यस दिन उनलाई उनका समर्थक सत्यनारायाण मण्डलका साथमा पक्राउ गरिएको थियो । दोस्रो पटक उनलाई २०७१ मंसीर १० गतेका दिन २६ समर्थकका साथ काठमाडौंमा पक्राउ गरिएको थियो । तेस्रोपल्ट उनलाई २०७१ पौष १३ गतेका दिन महोत्तरीको पिपराबाट पक्राउ गरिएको थियो । त्यसदिन उनी महोत्तरीको जलेश्वरमा एक सभालाई सम्बोधन गर्न गइरहेको बेला पक्राउ गरिएको थियो । तर उनलाई त्यही दिन साँझ ७.४५ बजे मुक्त गरियो । उनलाई भोलिपल्ट अर्थात पौष १४ गतेका दिन जलेश्वरमा एक सभालाई सम्बोधन गर्न जाँदा पुनः गिरफ्तार गरियो । उनको गिरफ्तारीपछि उनका समर्थकहरुले जिल्ला प्रहरी कार्यालय अगाडि विरोध प्रदर्शन गर्न थाले । तर प्रहरीले लाठी चार्ज गरेर भीडलाई तितर वितर पारे । प्रहरीले डा राउतलाई उनको सप्तरीस्थित गाउँमा लगरे साँझ ७.४५ बजे छोडिदिए । पौष १३ गतेका दिन डा राउका एक दर्जनभन्दा बढी समर्थकहरुलाई जलेश्वरबाट गिरफ्तार गरिए । प्रहरी हस्तक्षेपका कारण त्यस दिन सभा गर्न सम्भव नभएकोले उनका समर्थकहरुले भोलिपल्ट जलेश्वरमा  सभा गर्न तयारी गरेका थिए तर उनीहरुलाई फेरि पनि गिरफ्तार गरियो । 
विराटनगर सभाबाट ११ जना गिरफ्तार भएका थिए । उनीहरुको नाम तल उल्लेख गरिएको छःः पौष १४ गतेका दिन जलेश्वर सभाबाट गिरफ्तार व्यक्तिलाई सोही दिन साँझ मुक्त गरियो । विराटनगर सभाबाट गिरफ्तार भएका ११ जनामध्ये आठजना मुक्त गरिए भने परमेश्वर मुर्मुर, रामविलाश मेहता तथा हरेराम मण्डल अझै पनि पौष १९ गते देखि हिरासतमै रहेका छन् । उनीहरुलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको छ । थर्ड एलायसन्का पर्यवेक्षकले मुर्मुरलाई सभाको क्रममा फोटो लिइरहेको देखेका थिए तर उनीविरुद्ध अहिले सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाइएको छ ।  
गठबन्धनका दुई अन्य सदस्यहरु इर्फान अहमद शेख (२८) तथा अब्दुल खान (२९) लाई नेपालगञ्जमा पौष १६ गतेमा पक्राउ गरिएको थियो र उनीहरुलाई पनि सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको छ । साअऐ अन्तर्गत मुद्दा चालउनुले सरकारी अधिकारीले अपनाएको राजनीतिक रवैयालाई प्रष्ट पार्दछ । यस ऐनअन्तर्गत प्रमुख जिल्ला अधिकारीको आदेशमा कुनै पनि व्यक्तिलाई २५ दिनसम्म थुनामा राख्न सकिन्छ। यस्ता मुद्दाहरुको छिनोफानो पनि प्रजिअले नै  गर्दछ । गठबन्धनका समर्थकहरुका विरुद्ध यो ऐनको प्रयोगले उनीहरुलाई न्यायिक जाँच पड्तालबाट बाहिर राख्ने उद्देश्य रहेको देखिन्छ । 
प्रजिअहरुले कार्यकारी र न्यायिक अधिकार पनि प्रयोग गर्ने कुरा अमिल्दो भएको तथ्य सन् २०११ मा सर्वोच्च अदालतले गरेको एउटा मुद्दाको फैसलामा पनि अन्तर्निहित रहेको देखिन्छ । उक्त मुद्दामा अदालले प्रजिअहरुलाई दिइएको अद्र्धन्यायिक अधिकारसम्बन्धी सबै कानुनहरुको समीक्षा गर्न सरकारलाई भनेको थियो ।
प्रदर्शनका क्रममा अत्यधिक शक्तिको प्रयोगः थर्ड एलायन्सका अनुसार गठबन्धनले बारा तथा महोत्तरीमा सभाका लागि जिल्ला प्रशासनबाट अनुमति प्राप्त गरेको थियो ।  मोरङ जिल्लामा भने अधिकारीले यस्तो अनुमति दिनबाट रोक लगायो । अन्तर्राष्ट्रिय मापदण्डअनुसार आयोजकले सभाबारे यसरी पूर्वसूचना दिनु राम्रो कुरा हो । शान्तिपूर्ण रुपमा भेला हुने र सभा गर्ने अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघीय स्पेशल ¥योपोर्टरले यो सिफारिश गरेको छ कि शान्तिपूर्णरुपमा भेला हुने अधिकारको लागि पहिले नै अनुमति लिनुपर्ने जरुरी छैन र त्यसका लागि ज्यादासे ज्यादा आयोजकले पूर्व सूचना दिनसक्छ तर त्यसका लागि कुनै जटिल कार्यविधि हुनुहुँदैन ।
पौष १९ गतेका दिन प्रहरीले कलेजको खेलकुद मैदानका लागि प्रयोग गरिने चारवटा गेटमाथि नियन्त्रण कायम गरे । जब राउत त्यहाँको सभालाई सम्बोधन गर्नकालागि गेट प्रवेश गर्न खोजे, भीडभाडमा प्रहरीले शक्ति प्रयोग गरे र डा राउतको दाहिने खुट्टा भाँचियो । उनलाई निमुवा प्रहरी चौकीमा रातभरि राखियो डा राउतले प्रहरीलाई आफूलाई असहय पीडा भैरहेको बताउँदा पनि प्रहरीले उनलाई मेडिकल चेकजाँचको लागि लगेनन् । भोलिपल्ट उनलाई छोडियो तर प्रहरीले उनलाई विराटनगरमा उपचार प्राप्त गर्न दिएन र इटहरी लगेर छोडिदिए। उनी धरान अस्पताल गएर उपचार गराए । उनी हिंडडुल गर्न सक्दैनन् र जसकारण अहिले उनी घरमै आराम गरिरहेका छन् । डाक्टरले उनलाई अनुगमनको लागि १० दिन पछि बोलाएको छ । सबै जिल्लाहरुमा गठबन्धनका कार्यक्रमहरुमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका जवानहरुलाई परिचालन गरिएको  छ । प्रायः सबै कार्यक्रमहरुमा प्रहरीहरु आफ्नै पोशाकमा थिए तर मंसीर १० गतेको सभामा धेरै प्रहरीहरु सादा पोशाकमा तैनाथ थिए । थर्ड एलायन्सका पर्यवेक्षकहरुले प्रहरीले नियोजित रुपमा गठबन्धनको कार्यक्रमलाई विथोल्न खोजेको पायो । यस्ता कार्यक्रमहरुमा प्रायः ३०० देखि ४०० प्रहरीहरु तैनाथ भएको पाइयो । केही प्रहरीहरुले लठ्ठी बोकेका थिए भने अन्यले हतियार बोकेका थिए । प्रहरीले सहभागीहरुलाई रोक्न खोज्दा र लाठी चार्ज गर्दा उनीहरुले प्रहरीको शक्ति प्रयोगको विरोध गरे । थर्ड एलायन्सले प्रहरीबाट काठमाडौं, जलेश्वर तथा विराटनगरमा अत्यधिक शक्ति प्रयोग गरेको पायो । थर्ड एलायन्सले के पनि पायो भने प्रहरीले सर्वप्रथम सहभागीहरुलाई सभामा जानै दिएन र जो गए तिनीहरुलाई उत्तेजित पार्ने र धकेल्ने काम गरे । विराटनगरको सभामा प्रहरीले तीन देखि चार राउण्डसम्म अश्रु ग्यास प्रयोग गरे । यस्ता सभाहरुमा कहिलेकाहीँ सर्वसाधारण जो विभिन्न कामले गर्दा नजिकै हिंडिरहेका हुन्छन्, उनीहरुलाई पनि प्रहरीले दुव्र्यवहार गरेको पाइयो ।

अनुसूचि १ः २०७१ पौष १९ गतेका दिन विराटनगर सभामा प्रहरीद्वारा भएको बलको प्रयोगमा घाइते व्यक्तिहरुः
१. नाम प्रमोद मेहता
उमेरः २२
लिंगः पुरुष
पेशाः मोबाइल पसलमा टेक्निशियनको रुपमा कार्यरत
पारिवारिक अवस्थाः अभिभावक किसान रहेको
राष्ट्रियता ः नेपाली
धर्मः हिन्दु
जातीय पहिचानः कुशवाहा

२.  नाम ः राजाराम मेहताः
उमेरः  २२
लिंगः पुरुष
पेशाः शिक्षक
पारिवारिक अवस्थाः  गरिब
राष्ट्रियता ः नेपाली
धर्मः हिन्दु
जातीय पहिचानः कुशवाहा

३. नाम ः रोहित यादव
उमेरः १८
लिंगः पुरुष
पेशाः विद्यार्थी
पारिवारिक अवस्थाः  सामान्य
राष्ट्रियता ः नेपाली
धर्मः हिन्दु
जातीय पहिचानः यादव

४. नाम राजेश शाह
उमेरः ३९
लिंगः पुरुष
पेशाः डेयरी मालिक
पारिवारिक अवस्थाः गरीव
राष्ट्रियता ः नेपाली
धर्मः हिन्दु
जातीय पहिचानः ओविसी

अनुसूचि २ः २०७१ पौष १४ गतेका दिन जलेश्वर सभाबाट गिरफ्तार भएका व्यक्तिहरुको नामः
१. डा सिके राउत
२. रञ्जित राज मधेसी
३. चन्दन सिंह
४. सुरेश पाण्डे
५. कैलाश महतो
६. महेश ठाकुर
७. रामपुकार मण्डल
८. देवेन्द्र चौधरी
९. विवेक कर्ण
१०. लोकेन्द्रलाल कर्ण
११. नागेन्द्र मण्डल
१२. सुरेन्द्र मधेसी
१३. मनोज यादव

अनुसूचिः ३ः विराटनगर सभाबाट गिरफ्तार व्यक्तिहरुको नामः
१.परमेश्वर मुर्मुर (सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको )
२. सरोज शर्मा (मुक्त)
३. जगदीश अधिकारी (मुक्त)
४. अन्जय मिश्र (मुक्त)
५. रामनारायण साह (मुक्त)
७. हरेराम मण्डल ( सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको )
८. विद्यानन्द पण्डित (मुक्त)
९. रामविलाश मेहता (सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएकों)
१०. वीरेन्द्रकुमार यादव
११. आशादेवी पाल (महिला) (मुक्त)

No comments:

Post a Comment