Sunday, December 28, 2014

डा.सि.के. राउतलाई तत्काल रिहा गर

आज प्रहरीले शान्तिपुर्ण आम सभामा सहभागी हुन जादै गरेको अवस्थामा महोत्तरी गाविस पिपरा बजारबाट डा. सि.के. राउतलाई करिब १२ः३० बजे गैरकानुनी तरिकाले पक्राउ गरेको कार्यप्रति हाम्रो ध्यानाकर्षण भएको छ । 
निज राउतलाई बिशेष अदालतको आदेशले राज्य विप्लव मुद्दाको पुर्पक्षको लागि साधारण तारेखमा राखेको छ । अदालतले शान्तिपुर्ण भेला, सभा सम्मेलनमा सहभागी हुन नपाउने गरी कुनै आदेश गरेको छैन, यसरी प्रहरी प्रशासनले अदालतको आदेशको अपहेलना हुने कार्य समेत गरेको छ । प्रहरीले नेपालको अन्तरिम संविधान २०६३ को धारा १२ (२) र (३) विपरित पक्राउ गरेको छ । साथै निज राउतलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जलेश्वर अगाडी धर्ना दिएको महिला माथि लाठी चार्ज गर्दा ५/६ जना महिला सामान्य घाइते भएको छन् । 

सुरक्षाको कारण देखाउदै पक्राउ गरेको निजलाई हाल जिल्ला प्रशासन कार्यालय जलेश्वरमा राखिएको छ । यसर्थ निजलाई तत्काल रिहा गरी शान्तिपुर्ण तवर राजनीतिक सभा सम्मेलन गर्न दिन माग गर्दछौं ।

रक्षाराम हरिजन
मानवअधिकार अधिकृत
थर्ड एलायन्स, काठमाण्डौ 
मितिः २०७१ पौष १३ गते

No comments:

Post a Comment