Thursday, December 4, 2014

कपिलवस्तुमा ९० हजार बढि निरक्षर

कपिलवस्तु .
जिल्लालाई पूर्ण साक्षर घोषणा गर्न एक बर्ष मात्र बाँकी रहदा अझै ९० हजार बढि निरक्षर रहेको पाइएको छ । अनौपचारिक शिक्षा केन्द्रले आयोजना गरेको एक कार्यक्रममा कपिलवस्तुका ९० हजार ६ सय जनालाई अझै साक्षर बनाउनुपर्ने तथ्यांक पेश गरिएको थियो । 
सहायक जिल्ला शिक्षा अधिकारी महेन्द्र सिंह श्रेष्ठले साक्षरता अभियानको प्रगति बिवरण प्रस्तुत गर्दै जिल्लामा अझै ९० हजार ६ सय निरक्षर रहेको जानकारी दिनुभयो । निरक्षरता उन्मुलनका लागि २०६६÷०६७ देखि जिल्लामा साक्षरता अभियान संचालित छन् । सबैका लागि शिक्षा अन्तगत १५ देखि ६० बर्ष उमेरका निरक्षरहरुलाई साक्षर बनाउन अभियान संचालन सुरु गर्दा १ लाख ४७ हजार निरक्षर रहेका थिए । आर्थिक बर्ष ६८÷६९ मा १५ हजार ७२४ र ६९÷७० मा २३ हजार ८२७ मात्र साक्षर बनेका थिए । पछिल्लो दुई बर्षमा ३३ गाबिसलाई साक्षर घोषणा गर्ने लक्ष्य रहे पनि हाल सम्म ९ गाबिस मात्र साक्षर घोषित बनेका छन् भने ६ गाबिसहरु राजपुर, लालपुर, दुबिया, हथिहवा र बरईपुर साक्षर उन्मुख रहेका छन् । यस्तो अवस्थामा अबको एक बर्ष भित्र जिल्लाई साक्षर घोषणा गराउन निकै चुनौती रहेको श्रेष्ठले बताउनुभयो । कक्षामा बिद्याथीृलाई टिकाउन र सहयोगी कार्यकर्ताको न्युन पारिश्रीमक भएकाले काम गर्न निकै गाह्रो भएको उहाले बताउनुभयो । 
२०७० असारमा हथौसा गाबिसलाई जिल्लामै पहिलो पटक साक्षर घोषणा गरिएको थियो । त्यस यता बुढ्ढी, जयनगर, मोतिपुर, बाणगंगा, गुगौली, महेन्द्रकोट, भलवाड र पतरिया गाबिस मात्र साक्षर घोषणा हुन सकेको छ । जिल्लामा यस बर्ष ४४ गाबिस र ३ नगरपालिकामा ४ हजार ३५३ कक्षा संचालन हुने र त्यसका लागि ४ सय ३५ निरक्षक नियुक्त गरिने छन् । सघन कक्षा संचालनका लागि ७ हजार ३ को समुहमा र २ हजार ६२७ बिद्याथी मार्फत साक्षर कक्षा संचालन गरिने छन् ।
सो अवसरमा अनौपचारिक शिक्ष केन्द्रका उप सचिव दिनेश घिमिरेले साक्षरता अभियान बारे जानकारी दिदै नेपालमा अझै १७ लाख ५० हजार बढ्री निरक्षर रहेको बताउनुभयो । सन २०१५ पछि साक्षरता कक्षा संचालन नहुने भएकाले यो मौकालाई जिल्लाले सदुपयोग गर्नु पर्ने बताउनुभयो । ‘ यस बर्ष देशभरी नै सघनरुपमा कक्षा संचालन गरिने छन्, घरदैलो मै पुगेर निरक्षरहरुलाई साक्षर बनाउन कार्यक्रम संचालन गरिने छ । ’ उहाले भन्नुभयो । ३ महिने साक्षरता कक्षाकालागि संघसंस्था मार्फत सहजकर्ता र बिद्यार्थीहरुलाई परिचालन गरिनेछ । १२ वटा सुचकका आधारमा ९५ प्रतिशत बढी साक्षर बने साक्षर घोषणा गराउन सकिन्छ । सो अवसरमा प्रजिअ बिनोद प्रकास सिंहले साक्षर नभई अन्य कुराको महत्वन नहुने भएकाले यो अभियानलाई सबैले सहयोग गर्नु पर्ने बताउनुभयो । 
अभियानलाई साक्षक बनाउनकालागि राजनीतक दलकोे योगदान हुने भएकाले उनीहरुको प्रतिबद्धता हुन जरुरी रहेको भन्दै उहाले भन्नुभयो ‘ घोषित भएको गाबिसको समेत प्रभावकारी अनुगमन हुन जरुरी छ । ’ कार्यक्रममा शिक्षा अधिकारी हरि प्रसाद गौतमले जिल्लालाई साक्षर घोषणा गराउन सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभयो । ‘ सबैको प्रयास बिना एक बर्ष भित्रै जिल्लालाई साक्षर घोषणा गराउन सकिदैन, सबैको सहकार्य आवश्यक छ । ’ उहाले भन्नुभयो ।
स्रोत: http://gorkhapatraonline.com/news/395

No comments:

Post a Comment