Monday, December 29, 2014

प्रेस बिज्ञप्ति

आज पुनः प्रहरीले आमसभामा सहभागी हुन जादै गरेको अवस्थामा डा. सि.के. राउत र निजका कार्यकताहरुलाई गैरकानुनी तरिकाले पक्राउ गरेको छ । हिजो पनि निजलाई प्रहरीले सुरक्षाको कारण देखाउदै पक्राउ गरी बेलुका रिहा गरेको थियो । यसरी शान्ति पुर्ण कार्यक्रम गर्न र सहभागी हुनबाट रोक लगाउने गरी गरेको कार्यको थर्ड एलायन्सको ध्यानाकर्षण भएको छ । 
प्रहरीले राउतको कार्यकर्ता तथा सर्मथकहरु कैलाश महतो, महेश ठाकरे, बिबेक कर्ण, नागेन्द्र मण्डल, राम पुकार यादव, देवेन्द्र चौधरी, रंजित राज मधेशी, सुरेन्द्र मधेशी, मनोज यादव लगायत १३ जनालाई दुई पटकमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, जलेश्वरमा राखेको छ । 
नेपाल प्रहरीले बिना कुनै कसूर पटक पटक पक्राउ गर्नु र छोड्नुले सम्पुर्ण मधेशी समुदायमा भयत्रासको वातावरण बनेको छ । नेपालको अन्तरिम संविधान २०६३ को धारा १२ (२) र (३) ले प्रदान गरेको व्यक्तिगत स्वतन्त्रता र शान्तिपुर्ण तवरले सभा सम्मेलन गर्न पाउने जनताको अधिकार माथि आघात परेको छ । साथै राउतलाई बिशेष अदालतको आदेश विपरित पटक पटक पक्राउ गरी राज्यले नै अदालतको अपहेलना गर्दै आएको छ । 
यसर्थ डा. सि.के. राउत र निजका कार्यकर्ता समर्थकलाई तत्काल रिहा गरी शान्तिपुर्ण तवर राजनीतिक सभा सम्मेलन गर्ने अधिकार सुनिश्चित गर्न माग गर्दछौं । 

रक्षाराम हरिजन
मानवअधिकार अधिकृत
थर्ड एलायन्स, काठमाण्डौ
मितिः २०७१ पौष १४ गते

No comments:

Post a Comment