Wednesday, December 10, 2014

६६ आँै अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०७१ को उपलक्ष्यमा तराई मानवअधिकार रक्षकद्धारा जारी सन्देश र अपिल

आज डिसेम्बर १० मा "Human Rights 365" भन्ने नाराका साथ ६६ आँै अन्तर्राष्ट्रिय मानवअधिकार दिवस संसारभर मनाइदैछ । नेपालमा पनि “सबैको घरघरमा मानवअधिकार, शान्ति र बिकासको आधार” भन्ने मूल नाराका साथ बिभिन्न कार्यक्रम गर्दै मनाइदैछ । संयुक्त राष्ट्रसंघको महासभाले सन् १९४८ डिसेम्बर १० मा “मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र” जारी भएको दिन देखि विश्व मानवअधकिार दिनको रुपमा घोषणा गरे यता ६६ बर्ष पुरा भएको छ । 
संसारभर अहिले मानवअधिकार उंल्लंघनको घटनामा कमि आएको छैन । नेपालमा पनि मानवअधिकारको घटनामा कुनै कमि आएको छैन । पक्ष राष्ट्र बनेका संयुक्त राष्ट्रसंघद्धारा पारित अन्य अन्तर्राष्ट्रिय सन्धीसम्झौताको पालना गर्नु, मानवअधिकार सम्बन्धी अन्तराष्ट्रिस्तरमा गरेको प्रतिबद्धताहरुको पुरा गर्नु, मानवअधिकारको सम्मान, संरक्षण, प्रर्वद्धन र परिपुर्ति गर्नु राज्यको दायित्व समेत हो । 
यसर्थ राज्यले सम्पुर्ण मानवअधिकारको सम्मान र संरक्षण गर्दै यातना दिने कार्यलाई फौजदारी मुद्दाको रुपमा परिभाषित गर्ने गरी तत्काल ऐन संशोधन गर्नु पर्छ । तराईमा भएको दोहोरो भिडन्तको नाउँमा भएका गैरन्यायिक हत्याको छानबिन गर्न उच्च स्तरीय आयोग बनाउन नेपाल सरकारलाई अपिल गर्दछौं । बिशेषगरी दलित, महिला, मधेशी, जनजाती आदीवासी लगायतका सिमान्तकृत समुदायको मुलभूत मानव अधिकारको संरक्षण, प्रर्वद्धनमा बिशेष पहल गर्न समेत आग्रह गर्न चाहन्छौं । 
अतः मानवअधिकारको पूर्ण पालनाले मात्र सामाजिक न्याय सहितको लोकतन्त्रको संस्थागत विकास र दिगो शान्तिका संभव छ । हामी सबैले मानवअधिकार प्रति सचेत बनौं र राज्यलाई समेत मानवअधिकारको प्रत्याभुतिको सहयोग गरौं । सबैको घरघरमा मानवअधिकारको अभियान सफल होस् भन्ने शुभकामना समेत गदछौं । 

थर्ड यलायन्सको तर्फबाट
रक्षाराम हरिजन
मानव अधिकार अधिकृत 


No comments:

Post a Comment