Monday, March 9, 2015

मधेशी आयोग बनाउन परमादेशको आदेश जारी


सर्वाेच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय समेतको नाउँमा मधेशी आयोग गठन गर्न आज फाल्गुन २५ गते परमादेशको आदेश जारी गरेको छ । 
सर्वाेच्च अदालतको माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल र माननीय न्यायाधीश श्री दिपकराज जोशीको संयुक्त इजलासले परमादेशको आदेश जारी गरेको हो । उक्त मुद्दामा निवेदकको तर्फबाट अधिवक्ताहरु सुरेन्द्र कुमार महतो, गोविन्द्र शर्मा (बन्दी), दिपेन्द्र झा  र सुनिल रञ्जन सिंहले बहस गर्नु भएको थियो । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय समेतलाई विपक्षी बनाई मधेशी आयोग गठनको माग गर्दै अधिवक्ता सुनिल रञ्जन सिंहले २०६७ चैत्र २५मा परमादेशको रिट दायर गर्नु भएको थियो ।

Case detail:
http://supremecourt.gov.np/lic/sys.php?d=reports&f=case_details&num=1&mode=view&caseno=96427

No comments:

Post a Comment