Monday, March 23, 2015

सिंहदरबारमा बनेका नीतिहरूले मधेशमा मान्छे मान्छे बीच लडाउने, हिंसा द्वेष फैलाउने र मधेशी जनतालाई दोहन गर्ने रुपमा मात्रै देखिन्छ । मधेशको संवेदनशीलता खासगरी जातीय, सामुदायिक, शैक्षिक, आर्थिक, राजनीतिक विषयहरुलाई गहन अध्ययन नगरीकन काठमाडौँबाट लादिएका विकासे नीतिहरूले जनताको हित गर्ने भन्दा पनि अहित गरिरहेको अवस्था छ । धनुषा जिल्ला स्थित सबैलाको घटनामा मान्छे लडेको होइन सरकारको शैक्षिक नीतिले लडाएको हो । यसमा शिक्षा मन्त्रालय र सरकार जवाफदेही हुनुपर्दछ । दाताको पैसा र सुझावमा ल्याइएको यो नीति पहाडी जिल्लाको लागि उपयुक्त होला तर मधेशको सम्पूर्ण अवस्थालाई हेर्दा विद्यालय व्यवस्थापन नीति नै गलत देखिन्छ । विद्यालय व्यवस्थापन संग सम्बन्धित मुद्धाहरुको चांग अदालतहरुमा दिनहुँ बढ्दै गएको अवस्था छ । विद्यालय व्यवस्थापन समितिले गरेको नातावाद र कृपावाद आधारको नियुक्तिले अयोग्य शिक्षकहरुको संख्या बढ्दै गएको छ. शिक्षाको विकासका बजेटहरु दुरुपयोग भएका छन । विद्यालयहरुमा अत्याधिक राजनीतिकरण भएको छ । यसकारण नेपाल सरकारले तत्काल व्यवस्थापन समितिको नीति पुनर्विचार गरिनुपर्दछ जसले मधेशमा पुनः यस्ता हिंसाको घटनाहरु नदोहोरियोस । यसका साथै सरकारले पीडित परिवारलाई क्षतिपूर्ति र घटनामा संलग्न दोषीको छानविन गरि कारवाही गरिनुपर्दछ । अन्त्यमा सबैलाको घटनामा ज्यान गुमाएका रामसेवक राउत गडेरी तथा रामप्रकाश यादव प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्न चाहन्छु ।
http://www.ekantipur.com/np/2071/12/10/full-story/405934.html

अधिवक्ता दिपेन्द्र झा
तराई जस्टिस सेन्टर

No comments:

Post a Comment