Monday, March 2, 2015

तराईमा यातनाका घटना बढदै, रुपन्देही पहिलो सुचीमा

भैरहवा १८ फागुन÷तराई मानवअधिकार रक्षक संजाल (थर्ड एलायन्स)ले तराईमा गरेको अनुगमनमा यातना बढेको पाएको छ । तराईमा मानवअधिकार क्षेत्रमा कार्यरत थर्ड एलायन्सले गरेको अनुगमनका आधारमा तयार पारेको ‘तराईमा यातना’ नामक पुस्तकमा सो देखिएको हो । पुस्तकको बिमोचन एक कार्यक्रमका बिच लुम्बिनी अंचल प्रहरी कार्यालयका प्रमुख एवम् बरिष्ठ प्रहरी उपरिक्षक गणेश केसीले गरेका हुन् ।
भैरहवामा विमोचन भएको सो पुस्तकमा प्रहरीले दिएको विभिन्न किसिमका यातनालाई कथाको रुपमा प्रस्तुत गरिएको छ । तराईका कुल २० वटा याताना घटना समेटिएको सो पुस्तकमा मोरङ प्रहरीले सन् २०१४को अक्टुबर २४ तारिकमा विना पक्राउ पुर्जी मोरङ सिजुवा बजारका ५७ वर्षीय मधु ताजपुरीयालाई गैरन्यायिक हिरासतमा राखी हत्या गरेको आरोपलाई समेत उल्लेख गरिएको छ ।
तराई मानव अधिकार रक्षक संजालका पश्चिम क्षेत्रिय कार्यालय भैरहवाका प्रमुख शैलेन्द्र प्रसाद हरिजनले सन् २०१४ मा थर्ड एलाइन्सले तराईका २० जिल्लामा गरेको अनुगमनका क्रममा रुपन्देहीमा सबैभन्दा बढी गैरन्यायिक हिरासत र यातनाका घटनाहरु पाइएको बताए । हरिजनका अनुसार क्रमशः दोस्रोमा बाँके, कपिलवस्तु, मोरङ, धनुषा, सिरहा, सर्लाही, सुनसरी, कन्चनपुर, रौतहट र दाङमा पनि यातनाको घटनाहरु पाइएका छन् ।
हरिजनले सन् २०१४ मा रुपन्देही जिल्लामा मात्र २१ वटा यातनाका घटनाहरु अनुगमन गरि  सार्वजनिक गरेको बताए भने चालु सन् २०१५ को तीन महिना भित्र सबैभन्दा बढी रुपन्देही र कपिलवस्तु जिल्लामा तीन तीन वटा यातनाका घटनाहरु उनको दाबी छ । त्यस्तै सन् २०१४मा बाँकेमा १२ वटा, कपिलवस्तुमा ७, मोरङमा ४, घनुषा र सिराहामा तीन तीन, सर्लाही, सुनसरी र कन्चनपुरमा दुई दुई वटा तथा रौतहट र दाङमा एक एक वटा यातानाका घटनाहरु थर्ड एलायन्सले अनुगमन गरेको उनले बताए । 
थर्ड एलायन्सका शैलेन्द्र प्रसाद हरिजनको अध्यक्षता र मधेश मानव अधिकार गृह (माहुरी–होम)का मानव अधिकार अधिकृत राम बिकास चौधरीको संचालनमा सम्पन्न सो कार्यक्रममा म.ज.फो.रुपन्देहीका अध्यक्ष महेन्द्र यादव, स्थानीय शान्ति समिति रुपन्देहीका संयोजक ज्ञानु पोडेल, जवाफदेहिता निगरानी समिति रुपन्देहीका संयोजक अधिवक्ता शिव प्रसाद गौडेल, पूर्ब सभासद बिनोद उपाध्याय, अधिवक्ता दिलिप मल्लिक लगायतका बक्ताले रुपन्देहीमा मानव अधिकार उलघंनका घटनाका प्रबृति र अवस्थाबारे जानकारी गराएका थिए ।

No comments:

Post a Comment