Thursday, March 12, 2015

समितिको मागहरुलाई तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह

बाराको कलैला ८ की ७ बर्षीया पुजा साहको फाल्गुन ८ गते भएको बलात्कार पछि फाल्गुन २५ गते कान्ति बाल अस्पतालमा मृत्यु भयो । उक्त घटनाको बिरोधमा बेटी बचाउ संघर्ष समिति, कलैयाले महत्वपुर्ण माग राखी आन्दोलनरत रहेको छ । सो आन्दोलन प्रति हाम्रो ऐक्यवद्धता छ । समितिले उठाएका अधिकांश मागहरु जायज रहेका छन् । 
बलात्कार जस्तो जघन्य अपराधको घटनाको सत्यतथ्य अनुसन्धान गरी पिडकलाई कारवाही गर्न सरकारसँग जोडदार माग गर्दछौं । बालिकाहरुको सुरक्षा र दोषीमाथि कारवाही, कलैयामा सिसि टिभीको जडान, घटनाको बैज्ञानिक अनुसन्धान, पिडित परिवारलाई परिपुरण र क्षतिपुर्ति, सुरक्षा दिन नसकेका प्रशासन प्रमुखको फिर्ता लगायतका मागहरु सहित संघर्षरत छन् । हामी पनि उक्त मागहरुलाई सम्बोधन गराउन आफ्नो ठाउँबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं । 
यस सन्दर्भमा सरकारले माग सम्बोधन नगरे सम्म मृतकको लासको दाहसंस्कार नगर्ने अडान राख्दै आएका छन् । तसर्थ सरकारले उक्त मागहरुलाई तत्काल सम्बोधन गर्न नेपाल सरकारलाई आग्रह गर्दछौै । 
साथै बालिकाको मृत्यु भएको ३ दिन बितिसकेको हुनाले समितिलाई लासको अन्तिम दाह संस्कार गर्न समेत अनुरोध गर्दछौं । 

रणधीर चौधरी
मानवअधिकार अधिकृत
थर्ड एलान्यस
मिति २०७१ फाल्गुन २८ गते


No comments:

Post a Comment