Tuesday, February 3, 2015

थर्ड एलायन्सको कानुनी सहयोगमा दांगमा प्रह्री विरुद्ध यातना तथा क्षतिपूर्तिको मुद्दा दर्ता

देउखुरी अदालतमा पहिलो पटक दर्ता भयो यातना क्षतिपूर्तिको मुद्दा

दांग १८ माघ । जिल्ला प्रहरी कार्यालय दांगका प्रह्रीहरुको कुटाईबाट घोराही नगरपालिका वडा नं. ६ का १६ वर्षीय प्रकाश घर्तिको दायाँ खुट्टा भाँचे पछि प्रह्रीले घर्तिमाथि सार्वजानिक अपराधको मुद्दा लगाई सादा तारिकमा रिहा गरे पछि पिडितहरुले तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्स उप क्षेत्रीय कार्यालय नेपालगंजमा उजुरी गरे पछि थर्ड एलायन्सले उक्त घटनाको अनुसन्धान गर्न सुरु गरेको थियो ।
प्रहरीको यातनका कारण खुट्टा भाचिए पछि अधिकारकर्मीहरु
 लाई आफनो पिडा सुनाउदै पिडित प्रकाश घर्ति ।
थर्ड एलायन्सले गरेको अध्ययनका क्रममा घर्ति माथि प्रहरीले अमानवीय र अपमानजनक व्यवहार गरी निर्मम यातना दिएको देखिएको बताए ।  थर्ड एलायन्सका उप क्षेत्रीय संयोजक आलम खानले जारी गरेको विज्ञप्तीमा भनिएको छ , घोहरी वर्डा नं. ६ का विकल्प पुनको झ्यालको सिसा फुटेको आरोपमा वडा प्रहरी कार्यालयका प्रह्रीहरुले प्रकाश घर्ति सहित ६ जनालाई नियन्त्रणमा लिई निर्मम कुट पिट गरी खुट्टा समेत भाचि दिएको देखिएकोले यातना तथा क्षतिपुर्ति ऐन २०५३ को दफा ३(१) अनुसार “अनुसंधान, तहकिकात वा पुर्पक्षको सिलसिलामा वा अरु कुनै किसिमले थुनामा रहेको कुनै पनि व्यक्तिलाई यातना दिनु हुदैन ।” भन्ने व्यवस्था गरे पनि प्रह्रीले सो ऐन लाई मिचेर घर्तिलाई यातना दिएको प्रति घोर निन्दा गर्दै पिडितलाई तत्काल निकाय दिने वातावरण निमार्ण गर्न सम्बन्धीत निकायलाई अपील गर्नु भयो ।
वडा प्रह्री कार्यालय घोरही र जिल्ला प्रह्री कार्यालयले समेत नियन्त्रणमा लिई माघ ४ गते यातना दिएको भन्दै पिडितका बुबा चुडामनी घर्तिले थर्ड एलायन्स उप क्षेत्रीय कार्यालय नेपालगंजको कानुनी सहयोगमा दांगको देउखुरी जिल्ला अदालतमा यानता क्षतिपूर्तिको मुद्दा आईतबार दर्ता गराउनु भएको छ ।
२०५३ ऐनको दफा ४ ले “नेपाल सरकारको कुनै कर्मचारीले कुनै व्यक्तिलाई यातना दिएको ठहरेमा पीडित व्यक्तिलाई यस ऐन बमोजिम क्षतिपुर्ति दिइनेछ” भन्ने कानुनी व्यस्था रहेको छ । यातना तथा अन्य क्रुर, अमानवीय वा अपमानजनक व्यवहार वा दण्ड विरुद्धको महासन्धि, १९८४ को नेपाल पक्ष राष्ट्र भएकोले उक्त सन्धीको समेत उल्लंघन गरेको देखिएकोले पिडितले मुद्दा दर्ता गराएको थर्ड एलायन्स उप क्षेत्रीय संयोजक खानले बताउनु भयो ।
संयोजक खानले उक्त मुद्दाको निशुल्क कानुनी सहयोग थर्ड एलायन्सले गरेको छ भने संस्थाको तर्फबाट अधिवक्ता प्रेम चौधरीले मुद्दा हेरी रहनु भएको  बताए ।
यसैगरी प्रकाश संगै पक्राउ परेका अन्य ५ जनालाई प्रहरीले यातना दिए पनि बाहिरी रुपमा कुनै पनि चोट पटक नदेखिएकोले उनीहरुले मुद्दा नदिएको थर्ड एलायन्सले जनाएको छ ।
दांग जिल्लामा पहिलो पटक यातना क्षतिपूर्तिको मुद्दा पिडितको पक्षबाट दर्ता भएको यो पहिलो मुद्दा रहेको अदालतको भनाई रहेको छ । प्रहरीले यातना दिने गरे पनि प्रह्रीका विरुद्धमा कसैले मुद्दा दर्ता गर्ने चलन छैन् देउखुरी अदालतका एक जना कर्मचारीले बताए । यता मुद्दा दर्ता गराउन पश्चि क्षेत्रीय संयोजक शैलेन्द्र हरिजन दांग पुग्नु भएको थियो ।
यस्तै प्रहरीको बिरुद्धमा मुद्दा दर्ता गरे लगत्तै प्रह्रीले अधिवकता प्रेम चौधरी र पिडित परिवारलाई समेत धम्की दिएको घटना प्रति थर्ड एलायन्स उप क्षेत्रीय कार्यालय नेपालगंजले निन्दा गरेको छ । न्यायका लागि पिडित अदालत पुग्दा पिडितलाई फौजदारी अभियोगको मुद्दामा फसाई दिने प्रहरीको धम्कीले पिडित झन पिडामा परेको बताएका  छन् । यता थर्ड एलायन्सका उप क्षेत्रीय संयोजक आलम खानले पिडितलाई न्यायीक प्रक्रियामा कुनै पनि किसिमको बाधा नगर्न आग्रह गर्नु भएको छ । पिडितलाई यातना दिएको भन्दै एसियन मानव अधिकार आयोगले समेत प्रधानमन्त्री, गृहमन्त्री, आइजीपि,मानव अधिकार आयोगका अध्यक्ष लगायत संग सो घटनाको निन्दा गर्दै पिडितलाई न्याय र पिडक लाई कानुनी दायरामा ल्याउन माग गरेको थियो ।

No comments:

Post a Comment