Friday, February 13, 2015

अदालतको आदेश पश्चात ७३ बर्षमा नागरिकता पाईन, मखना गडरिया

पुनराबेदन अदालत बुटवलको आदेश पश्चात मात्र ७३ बर्षको उमेरमा मखना गडरियाले नागरिकता प्राप्त गरेकी छन् . नेपाली भाषा बोल्न नजान्ने ७३ वर्षीया गडरियाले नेपाली नागरिकताका लागि १० बर्षदेखि जिल्ला प्रशासन कार्यालय धाइरहेकि थिइन । 
पुनरावेदन अदालत बुटवलले गत असारमा जिल्ला प्रशासन कार्यालय तौलिहवा समेतको नाममा परमादेशको आदेश जारी गर्दै ‘मखना गडरियालाई तत्काल नागरिकता दिनू ।’ भनेको थियो . उनको नागरिकता जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी आफैले प्रदान गरेका छन् . 

आफ्नै जेठाजु कल्लु गडरियासँग विक्रम संवत् ०३५ सालमा मखनाको दोस्रो विवाह भएको थियो । मखनाको पहिलो विवाह कल्लूकै कान्छा भाइसँग भएको थियो । कल्लुका भाइको निधनपछि मखना एकल बनेकी थिइन् । उता कल्लुकी श्रीमतीको पनि निधन भयो । त्यसपछि कल्लु र मखना (जेठाजु-बुहारी) वीच प्रेम सम्बध कायम भयो । केही समयपछि मखना गर्भवती भइन् । यो कुरा गाउँमा सर्वत्र चर्चा भएपछि गाउँलेको पञ्चायतले दुबैलाई दोस्रो विवाह गराइदिए । कल्लुकी पहिली श्रीमतीबाट ३ छोरा थिए । मखनाका पहिलो श्रीमान पट्टिबाट एक छोरामात्रै थिए । मखनाले फेरि कल्लुबाट एक छोरा र एक छोरी जन्माइन् । तर, छोराको अकालमै मृत्यु भयो ।
मखना कानुनी बाटोका लागि जिल्ला प्रशासन कार्यालयमा धाए पनि प्रमुख जिल्ला अधिकारीले उनलाई दौडाउने बाहेक अरु काम गरेको थिएन । पछि उनी थर्ड यालायन्सको कानुनी सहयोगमा अदालतको शरणमा पुगिन् ।
गत असारमा पुनरावेदन अदालत बुटवलबाट जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका नाममा आदेश जारी भयो कि मखना गडरियालाई तत्काल नागरिकता दिनू । तर, प्रशासनले आलटाल गर्दै मखनालाई दौडाइरहेको र अदालतको आदेश भएको करिब ७ महिना पछी नागरिकता प्रदान गरेको हो . 

No comments:

Post a Comment