Wednesday, February 11, 2015

गाडीको लाइसेन्स दिने काम तत्काल खोल्नु पर्छ

एकातर्फ नेपाल सरकारले रुपन्देहीमा एकबर्ष देखि गाडीको लाइसेन्स दिन बन्द गरेको छ । अर्कोतर्फ मर्चवार जस्ता मधेशको सिमा क्षेत्रमा आवेश्कता भन्दा बढि सानो गा्रमीण क्षेत्रमा तीनवटा चारवटा शस्त्र वेस क्यामप र अत्याधिक संख्यामा प्रहरी परिचालन गरेको छ । केही काम नरहेका अधिकांस प्रहरी जनतावाट लाइसेन्स नभएको भनी पाँच सय देखि एक हजार उठाउने गरेको गुनासा सार्वजनिक सुनवाइको क्रममा जनताहरुले उठाए । मधेशीलाई दोहन गर्न लाइसेन्सको वितरण बन्द गर्ने र प्रहरी बढि परिचालन गर्ने यो कार्य न्याय र लोकतन्त्रको मान्यता विपरित छ । सरकारले गाडीको लाइसेन्सको व्यवस्थापन गर्न नसकेको आफनो कमजोरीको भार जनतालाई वोकाउनु अन्यायपूर्ण छ । त्यस्तै सिमापारिवाट अध्यनको लागि १० वटा काँपी ल्याएको कक्षा १० को विधार्थी महेन्द्र यादवलाई अवैध रुपमा ल्याएको भनी पाँचवटा काँपी प्रहरीले लिइदिनु सिमा वारिपारी सदियो देखि चलिआएको सामाजिक र आर्थिक अथवा वेटीरोटीको गहिरो सम्बन्धलाई नबुझुनु हो । आफनै गाँउको खोलावाट ५ वोरा वालुवा ल्याई चर्पी समेत बनाउन नपाउने जस्ता नेपाल सरकारको कार्यले मधेशी जनताको आफनो साधन श्रोतमाथिको मौलिक र संवैधानिक हकमाथि कुठारारात गरेको छ । यी जनताका दैनिक जीवनसँग जोडिएका प्रश्न संसदमा उठाउन मर्चवार क्षेत्रवाट जितेका मा.सभासद सर्वेन्द्रनाथ सुक्लालाई समेत आर्गह गर्दछु ।

No comments:

Post a Comment