Tuesday, September 30, 2014

प्रेस बिज्ञप्ति

आज मिति २०७१–०६–१४ गतेका दिन आमरण अनसनमा बसेका डा. सि. के राउतलाई भेट्न शिक्षण  अस्पताल महाराजगंज पुगेका डेनमार्कका लागि पुर्व राजदुत तथा नागरिक अगुवा बिजयकान्त कर्णलाई प्रहरीले डा. राउतसंग भेट्न दिएका छैनन् । डा. राउत २०७१ आश्विन ५ गते देखि आमरण अनसनमा बसेका छन् । हिजो सम्म सबैले भेट्न पाउने र आज अचानक रोक लगाइएकोमा सबैको ध्यान आकर्षण भएको छ । डा. राउतको स्वास्थ स्थिती बिग्रदै गएकोले मानब अधिकार कर्मीहरु डा.राउतलाई भेट्न जानु पर्ने भएको छ । डा. राउत निज बिजय कान्त कर्णले प्रहरीले भेट्न नदिएको घटनाको निन्दा समेत गरेका छन् । त्यसर्थ राज्यले तत्काल नै मानवअधिकार, नागरिक समाज, वकीलहरुलाई भेट्न दिनको लागि अपिल समेत गर्दछु । 
रक्षाराम हरिजन
तराई जस्टिस् सेन्टर

No comments:

Post a Comment