Tuesday, September 16, 2014

लिखित जवाफ र बन्दी सहित मिति २०७१असोज ३ मा उपस्थित हुन सर्वाेच्च अदालतको आदेश

डा. सि.के. राउतको बन्दीप्रत्यक्षीकरण मुद्दामा मिति २०७१ भाद्र ३० गते सर्वाेच्च अदालतको एकल इजलासले लिखित जवाफ र बन्दी सहित मिति २०७१ असोज ३ मा उपस्थित हुनु भनि बिपक्षीहरुको नाउँमा आदेश जारी गरेको छ । आम सभाबाट फर्किरहेको अवस्थामा मिति २०७१ भाद्र २८ गते साँझ ७ः१५ बजे रंगेली न.पा.बाट प्रहरीले अपहरण शैलीमा गैरकानुनी पक्राउ गरेको थियो । उक्त गैरकानुनी थुनाबाट मुक्त गरी पाउँ भनि भाद्र २९ गते तराई मानवअधिकार रक्षक संजाल (थर्ड एलायन्स) को कानुनी सहयोगमा निजको दाई सुर्यकान्त राउतले सर्वाेच्चमा अदालतमा रिट दायर गरिएका थिए । उक्त मुद्दामा निवेदकको तर्फबाट बरिष्ठ अधिवक्ता जयकान्त लाल दाश, अधिवक्ताहरु सुरेन्द्र कुमार महतो, सुनिल रञ्जन सिंह, रत्नेश्वर प्रसाद शर्मा, अरबिन्द कुमार सिंह, मनोहर साह, दिपेन्द्र झा, मोहन सासंकर, महेश्वर प्रसाद चौधरी, धिरेन्द्र कुमार साह, मधुर पाठक, राजेश झा, मनोज कुमार चौधरी लगायतले बहस गर्दै छन् ।


No comments:

Post a Comment