Monday, September 22, 2014

प्रेस बिज्ञप्ति


मिति ः २०७१।०६।०७ गते
महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी हिरासतमा रहेका डा. सि.के. राउत (डा. चन्द्र कान्त राउत)को स्वास्थ्य अवस्था बिग्रिदै गएको छ । राउतले निजको स्वास्थ्य अवस्था प्रति प्रहरी कार्यालयले कुनै चासो नलिएको थर्ड एलायन्सको अनुगमन टोली समक्ष गुनासो गरेका छन् । उनी आमरण अनसनमा समेत बसेकोले स्वास्थ्य अवस्था झनझन नाजुक बन्दै गएको छ । उनलाई अदालतको आदेश अनुसार २०७१ असोज ५ गते स्वास्थ्य जाँच गराइएको छ तर आवश्यक औषधीको व्यवस्था गरिएको छैन । असोज ६ गते फलोअपको लागि लैजानु पर्ने थियो तर त्यसको लागि अस्पताल नलगेको उनले गुनासो गरेका छन् । साथै माग बमोजिमको अस्पतालमा स्वास्थ्य जाँचको लागि लगिएको छैन । तराईका उपेक्षित समुदाय खासगरी मधेसी, जनजाती तथा दलितहरुलाई राज्य तथा प्रहरीले भेदभावपूर्ण व्यवहार गरेकोले उनले आन्दोलन गर्दै आएका छन् । राउतमाथि राज बिरुद्धको अपराधको मुद्दाको अनुसंधानको लागि हिरासतमा राखिएको छ ।
अतः थर्ड एलायन्सले सम्बन्धित निकायलाई निजको स्वास्थ्य स्थितीबारे चासो लिन आग्रह गर्दछ । साथै राउत आमरण अनसनमा बसेको कारण स्वास्थ्य अवस्था विग्रिदै गएकोले तत्काल रिहाइका लागि अपिल समेत गर्दछ । 
 थर्ड एलायन्स, काठमाण्डौं

No comments:

Post a Comment