Sunday, July 20, 2014


बजेट भाषण भएको हप्ता पछि मधेशका युवाहरुले बिरोध स्वरुप आज बिराटनगरमा बजेट जलाएका छन । मधेशी नागरिक समाजको नेतृत्वमा मधेश युवाहरुले उक्त बजेट मधेशको हितमा नरहेको भन्दै जलाएका हुन ।
उक्त बजेटमा मधेशको हकहितमा नाम मात्रको रहेको छ । मधेशीको पुरानो र मुख्य मार्गको रुपमा रहेको हुलाकी मार्गमा जम्मा ४५ कि.मि. र ६ वटा पुल निर्माण गर्ने गरी नियजन गरिएको छ । भने दोश्रो जन आन्दोलनका शहिद परिवारलाई ७ हजार दिने बिनियोजन गरिएको छ तर मधेश आन्दोलन लगातय त्यस्तै प्रकृति आन्दोलनका शहिद परिवारलाई केही पनि बोलेको छैन । साथै भारतबाट आउने मोटर साइकल गाडीहरुमा दोब्बर भन्दा बढी भन्सारमा बृद्धि गरिएको छ । एका तिर मधेशमा हिड्ने बाटो छैन भने अर्काे तिर पहाडमा १० वटा शहर निर्माण गर्ने योजना अघि सारिएको छ । यसरी अर्थ मन्त्रीले बिभेदपुर्ण बजेट भाषणको संसदमा समेत अधिकांश संसदहरु बजेटको बिरोध गरेका थिए । यो बजेट डीबी वा बिश्व बैंकको एजेन्ट भए जस्तै बजेट ल्याएको समेत आरोप लगाइएको छ । उक्त बजेटमा मधेशी, दलित, जनजाती लगायतका अल्पसंख्यक तथा सिमान्तकृत समुदायको बिकास गर्ने नभइ समान्ती प्रबृतिको रहेको समेत कतिपय बिश्लेषकहरुको भनाइ छ ।

No comments:

Post a Comment