Monday, July 28, 2014

 गैरब्राह्मणले पुजा गराउन नपाउने माग गरेका ब्राह्मण भनाउनेले ब्राह्मणको परिभाषा बुझेको छ कि छैन ? उनीहरु बाहुनको घरमा जन्मेर ब्राह्मण भएका हुन् जस्तो लाग्छ. यो उनीहरुको सामन्ती प्रबृति झल्किएको हो, देशमा राजतन्त्र समाप्त भयो, धर्म निरपेक्ष भयो. यो मागले मुलुकी एनले अन्त्य गरेको विभेद र छुवाछुत फर्किने संकेत हो. जयस्थिति मल्लले बनाएको कानुन तथा जंग बहादुरको पालामा बनेको मुलुकी येन १९१० र उनिहरुको मागमा के अन्तर भो र ? नेपालमा पुनःराणा शासन जस्तै शासन फर्काउने षड्यन्त्र हुनुपर्छ. यस्ता ढोंगी बाहुनलाई त पशुपति नाथको मन्दिरमा छिर्न पनि दिनु हनन्. यी ब्राह्मणको मागलाई पशुपति विकास कोषले सम्बोधन गर्नु हुदैन, किनभने नेपाल अब फेरी १८ ओं सताब्दीमा फर्कन चाहन्न. यो विषय सम्पूर्ण महिला, आदिवासी / जनजाती, मधेशी, दलितको भएकोले यसलाई पनि बहसको बिषय बनाउनु आवश्यक छ . (यो मेरो नितान्त व्यक्तिगत विचार हो.)


No comments:

Post a Comment