Tuesday, July 1, 2014

प्रहरीले यातना दिएको ठहर गर्दै यातना क्षतिपुर्ति वापत पिडितहरुलाई जनही ३ हजार रुपैया भराई प्रहरीलाई बिभागीय कारवाहीको फैसाला


मिति २०७१ असार ८ गते श्री सम्मानित जिल्ला अदालत सिद्धार्थनगर रुपन्देहीको सम्मानित इजालस नं.३ को माननीय न्यायाधीश श्रीमान् को एकल इजलासले प्रहरीले यातना दिएको ठहर गर्दै यातना क्षतिपुर्ति वापत पिडितहरुलाई जनही ३ हजार रुपैया भराई  प्रहरीलाई बिभागीय कारवाहीको फैसाला सुनाएको छ ।

(१) जिल्ला रुपन्देही धमौली गा.बि.स. वाड नं.४ बस्ने शिवानन्द बरईले चोरी गरेको आरोप लागाई इलाका प्रहरी कार्यालयका सुर्यपुरामामा दिएको उजुरीको अधारमा जिल्ला रुपन्देही गा.बि.स. धमौली वार्ड नं.५ बस्ने बर्ष २८ का सुख्खु पासी भन्ने फुलचन्द्र पासीलाई चोरी गरेको आरोपमा चोरीको गरेको साबिति बयान गराउने उद्देश्यले इलाका प्रहरी कार्यालय सुर्यपुरामा मिति २०६९।११।२६ गते देखि २०६९।११।२८ गते सांझ ५ बजे सम्मा हिरासतमा राखी  २०६९।११।२८ गते निज पासीलाई २०६९।१२।०८ गते सम्मा प्रत्येक दिन बजे हाजिर हुने गरी तारेखमा  छोडिएको थियो । हिरासतमा राखेको र अनुसन्धानको क्रममा  हजिर हुन आउदा समेतका कमयमा उक्त इलाका प्रहरी कार्यालयका तत्कालिन प्रहरी निरिक्षक डम्मर सिंह थापा मगरको आदेशमा तत्कालिन प्रहरी हवल्दार गेनालाल कुर्मीले  प्लासटिकको कालो पाइप , हात , मुक्का,लात र बांसको लठ्ठीको प्रयोग गरी निरम्म यातना दिएका थिए । 
(२) जिल्ला रुपन्देही धमौली गा.बि.स. वाड नं.४ बस्ने शिवानन्द बरईको उजुरीको अधारमा  जिल्ला रुपन्देही गा.बि.स. धमौली वार्ड नं.४ बस्ने बर्ष १९ को दिनेश कुमार तेलीलाई मिति २०६९।११।२२ गते राति ८ः३० बजे इलाका प्रहरी कार्यालय सुर्यपुरवाट गएको प्रहरी टोली पक्राउ गरी इलाका प्रहरी कार्यालयको हिरासत कक्षमा २०६९।११।२३ गते सांझ करिब ६ बजे सम्मा राखेर प्रत्येक दिन बिहान हाजिर हुन आउनु भनी तारेखमा  छोडिएको थियो । यसरी मिति २०६९।१२।८ गते सम्मा निरन्तर हाजिर हुन जानु पथ्र्यो । चोरी कबुल गराउन, साबिति बयान गराउने उद्देश्यले हिरासतमा राखेको समयमा र अनुसन्धानको लागी तारेखमा बोलाइएको क्रममा उक्त इलाका प्रहरी कार्यालयका तत्कालिन प्रहरी निरिक्षक डम्मर सिंह थापा मगरको आदेशमा तत्कालिन प्रहरी हवल्दार गेनालाल कुर्मीले  प्लासटिकको कालो पाइप , हात , मुक्का,लात र बांसको लठ्ठीको प्रयोग गरी निरम्म यातना दिएका थिए ।  
(३) जिल्ला रुपन्देही धमौली गा.बि.स. वाड नं.४ बस्ने शिवानन्द बरईले चोरी गरेको आरोप लागाई इलाका प्रहरी कार्यालयकामा दिएको उजुरीको अधारमा  जिल्ला रुपन्देही गा.बि.स. धमौली वार्ड नं. ४ बस्ने बर्ष १८ को रमेश यादवलाई मिति २०६९।११।२१ गते राति ८ः३० बजे सुतिरहेको अवस्थामा पक्राउ गरी इलाका प्रहरी कार्यालय सुर्यपुराको हिरासत कक्षमा २०६९।११।२१ गते राति ९बजे देखि २०६९।११।२३ गते साँझ ६ बजे सम्मा राखि प्रत्येक दिन हाजिर हुन आउनु भनी तारेखमा छोडिएको थियो । यसरी मिति २०६९।१२।८ गते सम्मा निरन्तर हाजिर हुन जानु पथ्र्यो । हिरासतमा राखेको समयमा र प्रत्येक दिन हाजिर हुन जांदा चोरी कबुल गराउन, साबिति बयान गराउने उद्देश्यले हिरासतमा राखेको समयमा र अनुसन्धानको लागी तारेखमा बोलाइएको क्रममा उक्त इलाका प्रहरी कार्यालयका तत्कालिन प्रहरी निरिक्षक डम्मर सिंह थापा मगरको आदेशमा तत्कालिन प्रहरी हवल्दार गेनालाल कुर्मीले  प्लासटिकको कालो पाइप , हात , मुक्का,लात र बांसको लठ्ठीको प्रयोग गरी निरम्म शारीरिक तथा मांसिक  शारीरिक तथा मांसिक यातना दिएका थिए ।  

यसरी तिनै जना निरम्म यातना पाइरहे पछि इलाका प्रहरी कार्यालयको तारेख तोडी निजहरु न्यायाका लागी जिल्ला स्थित मानव अधिकार वादी संघ संस्थालाई गुहार्न थाले पछि तराई मानव अधिकार रक्षक संजाल र एडभोकेसी फोरमको संयुक्त कानुनी तथा समान्य अर्थिकसहयोगमा पिडितहरुलले मिति २०६९।१२।१९ गते प्रमाणका लागी घाँ जाँच गराई पांउ भनि छुट्टा छुट्टै श्री रुपन्देही जिल्ला अदालतमा निबेदन दर्ता गराई जिल्ला अस्पताल भैराहवामा घा जाँच गराएका थिए । 
इलाका प्रहरी कार्यालय सुर्यपुरमा कार्यरत तत्कालिन प्रहरी निरिक्षक डम्मर सिंह थापा मगर र  तत्कालिन प्रहरी हवल्दार गेनालाल कुर्मीले आफुलाई निरम्म यातना दिएको भन्दै निज प्रहरी निरिक्षक र प्रहरी हवाल्दार गेनालाल कुर्मी माथि यातना क्षतिपुर्ति ऐन २०५३ लाई टेकी यातना क्षतिपिुर्ति र बिभागिय कारवाहीको माग दाबी गर्दै सम्मानित श्री रुपन्देही जिल्ला अदालतमा मिति २०६९।१२।२६ गते मुद्दा दायर गरेका थिए । 
मुद्दाको सबै कानुनी प्रकृया पुरा गर्दै मिति२०७१।३।८ गते श्री रुपन्देही सम्मानित जिल्ला  अदालतको सम्मानित इजलास नं. ३ का मान्नीय न्यायाधीश श्रीमान कविराज न्यौपानेको एकल इजलासमा मुद्दा पेशीमा चढी । सम्माति इजलासमा वादीका तर्फ वाट तराई मानव अधिकार रक्षक संजालका मानव अधिकार वकिल अधिबत्ता श्री मनोज कुमार चौधरी , एड भोकेसी फोरममा जिल्ला संयोजक अधिबत्ता श्री शिव प्रसाद गौडेल र अधिबत्ता श्री युवक रेग्मी बहस गर्नु भएको थियो भने प्रतीवादीको तर्फ अधिबत्ता श्री नरसिंह चौधरी र अधिबत्ता श्री धर्मवहादुर खडकाले बहस गर्नु भएको थियो । 
बिहान ११ः३० बजे शुरु भएको बहस दिउसो २ः३० बजे सम्मा करिब ४ घण्टा सम्मा चलेको बहमा प्रतिबादी तर्फवाट बहस गर्ने वकील नरसिंह चौधरी र धर्मवाहदुर खडकाले “ श्रीमान हाम्रो पक्षले यातना दिएको होइन , सोध पुछका लागी मात्र बोलाइएको थियो मेरो पक्षले सम्मान पुर्वक छोडिदिएको जिकिर गर्दै यो मुद्दा मानव अधिकार वादीहरुले उचालेर ल्याई दर्ता गराएको मुद्दा हो । हुमन राइटस्ले जिल्ला अस्पतालका डाक्टरलाई समेत दवाव दिएर स्वास्थ्य परिक्षण प्रतिबेदन तयार पार्न लागाएको डाक्टरलाई सम्मानित बेंचमै बोलाई सोधपुछ गर्ने आदेशको समेत माग गरे  । वादी तर्फवाट अधिबत्ता मनोज कुमार चौधरी र शिव प्रसाद गौडेलले प्रतिबादीले पक्राउ गरी हिरासतमा राखेको र तारेखमा छोडेर १५औं दिन सम्मा तारेखमा बोलाइएको हो । हिरासतमा राख्दा खेरी नै यातना दिने कार्य गरिएको हो र तारेखमा हाजिर हुन आउदा समेत यातना दिएको थियो । जुनकी जिल्ला अस्पतालको प्रतिबेदनले प्रष्ट बोलेको देखिन्छ जसले भिभागिय कारवाही र उचित क्षतिपुर्तिका भराई पाउं भनि सम्मानित बेच समक्ष अनुरोध गर्दछौं र  प्रतिबादीहरुले मानव अधिकारले उचालेर निबेदन दर्ता गराएको र डाक्टरलाई प्रेसर दिएको हो भने प्रतिउक्तरमा किन न उल्लेख गरेको  ? जे मन लाग्यो त्यही वोल्न पाइन्छ भन्दै हो प्रमाण देखाउन अनुरोध गर्न चाहन्छौं । 
   यसरी ४ घण्टा सम्मा चलेको लामो बहस पछि मुद्दाको किनारा लगाउदै श्री रुपन्देही सम्मानित जिल्ला  अदालतको सम्मानित इजलास नं. ३ का मान्नीय न्यायाधीश श्रीमान कविराज न्यौपानेको एकल इजलासले पिडितहरु फुलचन्द्र पासी , रमेश यादव र दिनेश तेलीलाई जनही ३ हजार रुपैया क्षतिपुर्ति भराई  प्रहरी कर्मचारीहरुलाई भिभागिय कारवाहीको फैसला सुनाएको छ ।  

No comments:

Post a Comment