Thursday, July 24, 2014

सदभावना पार्टीले बजेट जलाउने, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको समेत बिरोध

काठमाण्डौ, ७ साउन । सद्भावना पार्टीका भ्रातृ संगठनहरुले नेपाल सरकारले ल्याएको आर्थिक वर्ष २०७१/०७२ को बजेट मधेश र मधेशी विरोधी बजेट रहेको ठहर गर्दै बजेटको प्रतिलिपी जलाउने निर्णय गरेको छ । 

आर्थिक वर्ष २०७१/०७२को बजेटले मधेश उपर विभेद गरेको भन्दै उक्त बजेटको प्रतिलिपी साउन ९ गते शुक्रबार काठमाडौंमा जलाउने निर्णय गरेको बताईएको छ। साथै काठमाडौँ लगायत मधेशको जिल्लाको सदरमुकामहरुमा समेत जलाउने बताइएको छ. 

सद्भावनाका भ्रातृ संगठनहरु विद्यार्थी मञ्च, सद्भावना युवा मञ्च र सद्भावना किसान मञ्चले संयुक्त रुपमा बजेट जलाउने जनाएको छ । बजेट संघीयता विरोधी, भेदभावको पराकाष्ठा, मधेशलाई मरुभूमिकरण बनाउने प्रयास, मधेशी दलितलाई बेवास्ता, कृषिमा विभेद, शहीदमा पनि विभेद, हुलाकी सडकलाई उपेक्षालगायतका कारणहरु उल्लेख गरेको छ । 

सदभावना पार्टीका माहासचिव मनिषकुमार सुमनले बुधवार पत्रकार सम्मेलन गरेर विषेश आन्दोलानात्क कार्यक्रमको घोषणा गर्न लागिएको बताएका छन । उनले भने, ‘पत्रकार सम्मेलनमार्फत् हामी विशेष आन्दोलनको घोषणा गर्ने छौं, सविधानसभाबाट बाहिरिएर भए पनि आन्दोलनमा जानेसम्मको निर्णाय लिएका छौं ।’

साथै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारले घोषणा गरेको बजेट जलाएर बिरोध गर्ने तयारी गरिरहेको छ । सरकारले घोषणा गरेको बजेट मधेश विरोधी रहेको निष्कर्ष निकाल्दै त्यसको कडा बिरोध गर्ने योजनामा मधेशी दलहरू रहेको बताईएको छ । मधेशका केही बुद्धिजिवि, अधिकारकर्मी, न्यायकर्मी संचारकर्मीहरू सम्मिलित एक समूहको पहलमा मधेशी दलहरू उक्त विरोधमा उत्रन लागेका हुन् । 

मधेशी पार्टीहरूका भातृ संगठनहरूलाई समेत मधेश केन्द्रीत आन्दोलन गर्न पार्टीहरूले निर्देशन समेत दिई सकेका छन् ।  समय र मितिबारे केही नखुलाइए पनि दलहरूले संयुक्त रूपमै विरोध कार्यक्रम गर्ने तयारी गरिरहेका छन् ।

No comments:

Post a Comment