Friday, July 25, 2014

प्रेस बिज्ञप्ति



आज मिति २०७१ साउन ९ गतेका दिन दिउसो ३ बजे सदभावना पार्टीले सरकारले आर्थिक बर्ष २०७१/०७२ को गरेको बजेटमा मधेशलाई उपेक्षा गरेको आरोप लगाउदै शान्ति पुर्ण रैली सहित रुपमा बजेटको प्रतिलिपि जलाउने कार्यक्रममा सहभागी रहेका प्रर्दशनकारीहरुलाई प्रहरीले पक्राउ गरेको कार्य प्रति तराई मानव अधिकार रक्षक संजाल ९थर्ड एलायन्स०को ध्यानाकर्षण भएको छ । साथै प्रहरीले प्रहरी चौकीमा गाली गलौज तथा दुव्यवहार समेत गरेको कार्यको घोर भ्रत्सना समेत गर्दछ । 
जसमा उपेन्द्र महतो, राजकुमार यादव, लालबाबु यादव, अनिल साह, पन्नालाल यादव, सन्तोष मेहता, रन्जित सिंह, सुजन यादव, अमित साह, पंकज कुमार मिश्र, महेश साह कलवार लगायतलाई पक्राउ गरेको छ । यसरी पक्राउ गर्नु नेपालको अन्तरिम संविधान २०६३को धारा १२ द्धारा प्रदत्त शान्ति पुर्ण रुपमा भेला हुने तथा बिचार र अभिव्यक्ति स्वतन्त्रता बिरुद्ध रहेको छ । नागरिकले शान्ति पुर्ण रुपमा गरेको आन्दोलनमा राज्य गरेको हस्तक्षेप गैरकानुनी रहेको छ । 
अतः प्रहरीले पक्राउ गरेको सम्पुर्ण प्रदर्शनकारीहरुलाई यथासिघ्र रिहा गर्न नेपाल सरकारलाई आग्रह समेत गर्दछौं ।

रक्षाराम हरिजन
मानवअधिकार अधिकृत
थर्ड एलायन्सको तर्फबाट

No comments:

Post a Comment