Thursday, March 27, 2014

जनता राज्यद्वारा प्रयोजित हिंसाको ऐतिहासिकरुपमा शिकार

तराईमा प्रहरीहरूद्वारा हुने हिंसाले गर्दा विधिको शासन लागू गर्ने मूल दायित्व बोकेका संस्थाहरूमा अत्यन्त नराम्रो प्रभाव परेको छ र तिनको विश्वसनीयता खासगरी प्रहरीको विश्वसनीयतालाई धुमिल बनाएको छ । यसको प्रभाव तराईमा एकदमै नराम्रो परेको छ किनभने त्यहाँका जनता राज्यद्वारा प्रयोजित हिंसाको ऐतिहासिकरुपमा शिकार हुँदैआएका छन् । 
यो प्रतिवेदनले तराईमा भइरहेको मानव अधिकारको निरन्तर उल्लंघनको घटनाको दस्तावेजीकरण गरेर ओएचसीएचआरको वहिर्गमनपछि मानव अधिकारको क्षेत्रमा सिर्जना भएको रिक्ततालाई पूरा गर्ने लक्ष्य राखेको छ र त्यसकारण तराई क्षेत्रमा विधिको शासन प्रत्याभूत गर्न, त्यहाँ भएका गम्भीर मानव अधिकारका उल्लंघनका घटनामा जिम्मेवारीपन एवं जवाफदेहिता कायम गर्न, प्रत्याभूति गर्न सरकारलाई विश्वव्यापी आवद्यिक समीक्षा प्रक्रियाअन्तर्गत नेपाली जनता एवं अन्तर्राष्ट्रिय समुदायसमक्ष गरेको प्रतिबद्धता पूरा गर्न अनुरोध गर्दछ ।

No comments:

Post a Comment