Tuesday, March 25, 2014

About EJK Report

गैरन्यायिक, विनापुर्पक्ष र स्वेच्छाचारी हत्यासम्बन्धी संयुक्त राष्ट्र संघीय ¥यापोर्टरले गैरन्यायिक हत्यालाई त्यस्तो हत्याको रुपमा पारिभाषित गर्दछ, जसले अन्तर्राष्ट्रिय मानव अधिकार अथवा मानवीय कानुनको उल्लंघन गर्दछ र जसमा प्रहरीद्वारा गरिने गैरकानुनी हत्या, सैनिक तथा नागरिक हिरासतमा हुने मृत्यु र व्यक्तिद्वारा गरिने हत्या जसमा सरकारी अधिकारीहरूले पर्याप्तरुपमा अनुसन्धान गर्दैन, त्यस्ता घटनालाई बुझाउँदछ ।”ठ यो प्रतिवेदनमा हामीले प्रहरी हिरासतमा भएको मृत्यु,र सुरक्षासम्बन्धी कारवाहीमा भएका त्यस्ता मृत्युहरूलाई समावेश गरेका छौं, जसमा मृतकले सुरक्षा अधिकारीको हात खुट्टा तथा ज्यानमाथि खतरा सिर्जना गरेका थिएनन् र उनीहरूलाई नियन्त्रणमा लिन सकिने अवस्था थियो तर सुरक्षा कारवाही गर्दा ती व्यक्तिको मृत्यु भएको थियो । गैर न्यायिक हत्याले मान्छेको बाँच्न पाउने अधिकारको उल्लंघन गर्दछ, जुन अधिकार मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रको धारा ३ र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अनुबन्धको धारा ६ ले प्रत्याभूत गरेको छ । धारा ६ ले यो अधिकार कानुनद्वारा संरक्षित हुनेछ र “कसैलाई पनि बाँच्न पाउने अधिकारबाट स्वेच्छाचारी तरिकाले बन्चित गरिने छैन” भन्ने उल्लेख गरेको छ ।

No comments:

Post a Comment