Tuesday, August 18, 2015

प्रेस विज्ञप्ति (प्रहरीको गोलिबाट २ जनाको मृत्यु)


संयुक्त मधेसी मोर्चाले आव्हान गरेको अनिश्चितकालीन मधेस बन्दको क्रममा मंगलवार बिहान सप्तरी भारदहमा सडक अवरुद्ध गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउँदा भारदह –१ का ३५ बर्षीय राजिव राउतको मृत्यु भएको घटनाको घोर भ्रत्र्सना गर्दछौं । साथै गोली लागि घाइते भएका संतोष झाको मृत्यु (सुनिश्चित हुन बाँकी) समेत मृत्यु भएको छ । 
प्रहरीले गोलीले भारदह –२ का सुरेन्द्र मण्डलको खुट्टामा, भारदह –२ का गोपाल मण्डल भरको पेटामा, भारदह –२ का देवनारायण विश्वासको टाउकोमा, भारदह –२ का विजय ठाकुर भरको खुट्टामा, भारदह –१ का दिपक साह भरको आँखामा, भारदह –१ का सत्य नारायण राउत भरको टाउकोमा गोली लागेर घाइते भएको घटनाप्रति हाम्रो ध्यानाकर्षण गर्दछौं । साथै संघीय समाजवादी पार्टीका जिल्ला अध्यक्ष दिनेश कुमार यादव सहित १५ जना भन्दा बढी घाइते भएका छन् । घाइते सबै जनाको बि.पि. कोइराला अस्पताल धरानमा उपचार भइरहेको छ । 
प्रहरीले ईलाका प्रहरी कार्यालयको छतबाट गोलि हानेको अनुगमनको क्रममा देखिएको छ । प्रहरीले २ दर्जन राउण्ड हवाई फायर गर्नुको साथै ३५ सेल अश्रुग्याास प्रहार गरेको छ भने प्रदर्शनकारीले भारदहमा रहेका ट्राफिक प्रहरी बिट तोडफोड र आगजनी समेत गरेका छन् ।
नयाँ संविधानको सिमांकन सम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै मधेसी मोर्चाले सप्तरीमा तीन दिन देखि बन्द गराउँदै आएका छन् । 
यो विषयमा संसद, राष्ट्रिय मानवअधिकार आयोग, संयुक्त राष्ट्र संघ कुटनीतिक नियोगहरु लगायतका सबैको ध्यानाकर्षण गराउन चाहन्छु । यो घटनामा गोली चलाउने र आदेश दिने पदाधिकारीलाई तुरुन्त निलम्बन गरोस् । पीडितका परिवारलाई तत्काल राहत र क्षतिपुर्तिको साथै शहिद घोषणा गरोस् । घाइतेहरुलाई औषधीउपचारको व्यवस्था गर्नुका साथै अन्यत्र यस्तो घटना नदोहोरिन प्रतिबद्धता जनाउनु पर्यो । गोली चलाउने र आदेश दिने माथि ज्यान मार्ने अपराधमा तत्काल मुद्दा चलाउ समेत माग गर्दछौं ।
रक्षाराम हरिजन
मानवअधिकार अधिकृत
मिति २०७२ भाद्र ०१ गते

No comments:

Post a Comment