Tuesday, August 18, 2015

ध्यानाकर्षण

आज धनगढीमा भएको आमसभामा एक जना नेताले मानवअधिकारवादी संघसंस्था र अनुगमनकर्तालाई अनुगमन गर्न रोक्ने र अनुगमन गरेको खण्डमा आक्रमण गर्ने भनी दिएको अभिव्यक्ति प्रति हाम्रो ध्यानाकर्षण भएको छ । उ
कुनै पनि मानवअधिकार संघसंस्थालाई लक्षित गरी यसरी धम्की दिनु लोकतन्त्र र विधिको शासनको विपरित हो । यसले भोलीको दिनमा आन्दोलन हुँदा मानव अधिकारकर्मीको अनुपस्थितीमा अझ बढी मानवअधिकार उल्लंघनको घटना हुन सक्ने भएकोले यसप्रति हामी सचेत गराउँदछौं । 
मानवअधिकार संघसंस्थालाई निर्वाध रुपमा अनुगमन गर्न दिनु पर्दछ । कुनै पनि खालको धम्कीले सामुदायिक धु्रवीकरण हुने र मानवअधिकार रक्षक सम्बन्धी विश्वव्यापी मान्यताको समेत विपरित हुने हाम्रो ठहर छ । 
यसरी कुनै मानवअधिकार संस्था वा मानवअधिकारकर्मीको नाम नै तोकेर आमसभामा धम्की दिँदा सर्वसाधारणमा मानवअधिकारप्रति नकारात्मक धारणा बढ्ने र त्यसले हिँसाको रुप लिनसक्ने विषयप्रति समेत सचेत गराउन चाहन्छौं । मानवअधिकारकर्मी वा संघसंस्थामाथिको धम्की अथवा आक्रमण कुनै कारण वा अवस्थामा विश्वव्यापी रुपमै ग्राह्य हुन नसक्ने सत्यतालाई आन्दोलनरत पक्षहरुले सम्मान गर्न आवश्यक छ ।
रक्षाराम हरिजन
मानवअधिकार अधिकृत
मिति २०७२ साउन ३२ गत

No comments:

Post a Comment