Wednesday, April 1, 2015

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त नियक्ति सिफारिस बदरको माग गर्दै सर्वाेच्चमा रिट दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त नियक्ति सिफारिस बदरको माग गर्दै आज सर्वाेच्च अदालतमा मुद्दा दर्ता भएका छ । रक्षाराम हरिजनले दर्ता गर्नु भएको उक्त रिट निवेदनको सुनुवाई चैत्त १९ गते तोकिएको छ ।
आयुक्तको सिफारिस नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३(३), २१ र धारा ३३(घ१) को विपरित र एक जना पनि दलित, पिछडिएको क्षेत्र र अपांग समुदायको परेको भन्दै बदरको माग गरिएको हो र समानुपातिक समावेशी सिद्धान्त अनुरुप नियुक्त गर्न आदेश समेत माग गरिएको रिट निवेदनमा उल्लेख छ ।
संवैधानिक परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा नियुक्तिको लागि पाँच जनाको नाम सिफारिस र संसदीय सुनुवाई विशेष समितिले मिति २०७१।१२।१६ गते प्रस्तावित पाँच आयुक्तको नाम अनुमोदन पनि गरेको थियो । आयुक्तमा दीप बस्न्यात, नवीन कुमार घिमिरे, गणेशराज जोशी, राजनारायण पाठक र डा. सावित्री गुरुङको नाम सिफारिस भएको थियो ।
उक्त पाँच जनामा ३ जना पहाडे बाहुन क्षेत्री पुरुष, १ जना मधेसी बाहुन र १ जना जनजाती महिला रहेको तर यथार्थमा डा. सावित्री गुरुङ पनि जनजाती समुदायको नभएर पहाडे बाहुन महिला नै भएको जिकिर गरिएको छ ।

No comments:

Post a Comment