Sunday, April 5, 2015

यसरी गरेको देखियो गौरबासीमाथि हिंस्रक दमन

प्रत्येक नागरिकले घरघरमा राज्यद्वारा प्रदत्त सेवासुविधा सहजरुपमा उपभोग गर्न पाउनुपर्छ । यसरी सोच्ने जाकोहीले पनि सेवाकेन्द्र सार्ने नाममा किन तराईका जिल्लामा यस्तो आन्दोलन चर्केको हो भन्ने प्रश्न उठाउनु स्वाभाविकै हो । आर्थिक रुपमा कुनै व्यवसाय नफस्टाउनु, विकासको कार्यले कुनै गति पाउन नसक्नु र भएका कार्यालयहरु पनि सदरमुकामबाहिर गए सदरमुकाम झनै मरुभूमि सरह हुने त्रासले पनि सेवाकेन्द्र सार्ने निर्णयलाई रोक्न आन्दोलन गर्नु बाध्यता भएको देखिन्छ । बारा जिल्लाको सदरमुकाम कलैयाबाट सेवाकेन्द्र सिमरा सार्ने आन्दोलन सेलाउन नपाउँदै चन्द्रनिगापुरमा सेवाकेन्द्र विस्तार गर्ने सरकारी निर्णयविरुद्ध रौतहट सदरमुकाममा बस्ने नागरिक पनि आन्दोलित हुनुपर्ने अवस्था सृजना भएको रहेछ । स्रोत :http://esamata.com/np/2015/%E0%A4%AF%E0%A4%B8%E0%A4%B0%E0%A5%80-%E0%A4%97%E0%A4%B0%E0%A5%87%E0%A4%95%E0%A5%8B-%E0%A4%A6%E0%A5%87%E0%A4%96%E0%A4%BF%E0%A4%AF%E0%A5%8B-%E0%A4%97%E0%A5%8C%E0%A4%B0%E0%A4%AC%E0%A4%BE%E0%A4%B8/

No comments:

Post a Comment