Tuesday, April 7, 2015

प्रेस बिज्ञप्ति

तीस दलीय मोर्चाले आह्वान गरेको ३ दिने आमहड्तालको पहिलो दिनको बन्द आज नागरिकको जनजीवन प्रभावित बनेको छ. सहमतिमा नै सबिधान बनाउनु पर्ने अडान लिदै आएको ३० दलीय मोर्चाले आज देखि ३ दिनको लागि आम हडतालको कार्यक्रम राखेको छ .
कंचनपुरको महेन्द्रनगरमा बन्द गराउदै हिडेका राधाकृष्ण जोशी, कृष्ण दत्त जोशी, नवराज येर, बिरेन्द्र बिष्ट, कुबेर धामी, चन्द्र साउद, हेमजंग थापा, भिम भट्ट, सुरेश भट्ट, लक्षमण सिंहलाई प्रहरीले पक्राउ गरेको छ, त्यसै गरि भैरहवामा आन्दोलनकारीहरुले मोटरसाइकलमा आगजनी गरेका छन्.
पक्राउ परेको व्यक्तिहरुलाई तत्काल रिहा गर्न सरकारलाई अनुरोध गर्दछौ, साथै बन्दकर्ताहरुले गाडीहरुमा तोडफोड आगजनी जस्ता कार्यको भ्रत्सना समेत गर्दछौ, आन्दोलनकारी शक्तिहरुलाई पनि संयम अपनाउन आग्रह गर्दछौ ।
 

रक्षाराम हरिजन
मानव अधिकार अधिकृत
थर्ड एलायन्स
मिती: २०७१ चैत्र २४ गते

No comments:

Post a Comment