Tuesday, June 3, 2014

गृहमन्त्री गौतमप्रति फेसबुकमा कमेन्ट गर्ने साह रिहा

गृहमन्त्री बामदेव गौतमप्रति आपत्तिजनक शव्द प्रयोग गर्दै फेसबुकमा कमेन्ट गरेको अभियोगमा पक्राउ परेका अधिकृत राजु प्रसाद साह रिहा भएका छन्। इलाका प्रशासन कार्यालय सिराहामा कार्यरत शाखा अधिकृत साहले आफ्नो फेसबुकमा गृहमन्त्री वामदेव गौतमले रत्नपार्कमा डोरी नाघेर बाटो काट्दै गरेको तस्वीरमा कमेटन्ट गरेका थिए । लगतै उनलाई गृह मन्त्री वामदेव गौतमको ठाडो आदेशमा केन्द्रीय अनुसन्धान व्यूरोले वीरगन्जबाट पक्राउ गरी अनुसन्धानका लागि काठमाडौं ल्याएको थियो । म्याद थपका लागि मंगलवार जिल्ला प्रशासनमा लैजानु अघि नै सरकारी वकिलको कार्यालयले मुद्धा नै दर्ता नगरी रिहा गरेको साहका वकील दिपेन्द्र झाले जानकारी दिए। 

No comments:

Post a Comment