Tuesday, June 10, 2014

महिलालाई जिउंदै जलाएर मार्ने प्रयास, बांकेमा बढदै महिला हिसां


थर्ड एलायन्स बाके, २१ जेष्ठ । बांकेको परसपुरमा बुधबार दिउसो एक महिलालाई जिउंदै जलाएर मार्ने प्रयास असफल भएको छ ।
 बांके जिल्लाको परसपुर गाविस वडा नम्बर ७ की २४ वर्षिया अमृता बालमिकीलाई मट्टी तेल छर्केर जलाएर मार्ने प्रयास भएको हो ।
सशस्त्र प्रहरी औद्योगिक दस्ता नेपालगंजमा कार्यरत प्रहरी जवान मनोज बालमिकिले रक्सी सेवन गरी श्रीमतिलाई कोठामा बन्द गरी जिउमा मट्टितेल खन्याएर आगो लगाई मार्ने प्रयास गरेका थिए । 
जिउमा मट्टी तेल खन्याए पनि स्थानीय बासीहरुको सहयोगमा अमृतालाई आगोबाट बचाउन सकिएको रुबी खानले जानकारी दिईन् । श्रीमानको कुटाई र मट्टी तेलको गन्धका कारण अमृता बहोस अवस्थामा रहेको साथी संस्थाकी सरिता शर्माले जानकारी दिनु भएको । 
बेहोस अवस्थामा रहेकी २४ बर्षीय अमृता बालमिकी । तस्बीर थर्ड एलायन्स
अमृताको भेरी अञ्चल अस्पतालमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय बााके डिएसपी सुशिल सिह राठोरले जानकारी दिनु भयो । आगो लगाउने प्रयास गर्ने श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिए अनुसन्धान गरी रहेको जानकारी दिएको छ ।
मुस्लिम विकास चेतना केन्द्रले महिलालाई उद्धार गरी घटनाको बारेमा अधिकारकर्मीहरु जानकारी दिने वित्तिकै थर्ड एलायन्स उप क्षेत्रीय कार्यालय नेपालगंका प्रमुख आलम खान, इन्सेक प्रतिनिधि बिनोद पाण्डे, साथी संस्थाकी सरिता शर्मा, लगायतको टोली पिडितलाई भेटी उपचारका लागि अस्पताल प्रशासनलाई आग्रह गरेको थियो । 
परसपुरमा दुईसाता पहिला एक महिलालाई घरको कोठा बन्द गरी मट्टी तेल छर्केर आगो लगाईएको थियो । 

No comments:

Post a Comment