Monday, June 16, 2014

यातना दिने प्रहरीलाई विभागीय कारवाही

हिजो यातना क्षतिपूर्ति मुद्दाको अन्तिम सुनवाई गर्दै सम्मानित जिल्ला अदालत रुपन्देहीले प्रहरीलाई २० हजार रुपैया क्षतिपूर्ति र विभागीय कारवाहीको फैसला सुनाएको छ |
मिति २०७०/९ /१७ गते जिल्ला रुपन्देही ग बि स सिलौटिया -९ बस्ने रामभजन अहिरलाई प्रहरी चौकी उड़वालियामा कार्यरत प्रहरी कर्मचारी, प्रहरी सहायक निरीक्षक सूर्यमान गरुंग र प्रहरी जवान पण्डित भन्ने राजकिशोर सराफले चोरीको आरोपमा यातना दिएका थिए .
पिडितले तराई मानव अधिकार रक्षक संजालको कानुनी सहयोगमा पीडकहरु बिरुद्ध २०७० पौष २६ गते सम्मानित जिल्ला अदालत रुपन्देहीमा यातना क्षतिपूर्ति ऐन २०५३ लाई टेकेर मुद्दा दायर गरेका थिए . हिजो मिति २०७१ असार १ गते सम्मानित जिल्ला अदालत रुपन्देहीको इजलास न.४ का मा.न्यायाधीश श्रीमान खड्कबहादुर के.सि.को एकल इजलासले मुद्दाको अन्तिम सुनवाई गर्दै २० हजार रुपैया क्षातिपुर्ती र विभागीय कारवाहीको फैसला गरेको छ | पिडित राम भजन अहिरको तर्फ बाट थर्ड एलायन्सको मानव अधिकार वकिल अधिवक्ता श्री मनोज चौधरीले बहस गर्नु भएको थियो भने वारेस थर्ड एलायन्सको सहयोगी चन्दा हरिजनले लिएकि थिन 

No comments:

Post a Comment