Monday, October 20, 2014

गैरकानुनी रुपमा १४ वर्षीय नाबालक पक्राउ

बाँके प्रहरीले गैरकानुनी रुपमा पक्राउ गरी १४ वर्षीय नाबालक मुजाहिद्दिन खाँ माथि गैर कानुनी रुपमा मुद्दा चलाएको भन्दै बालकका बुबा जियाउद्दीन खाँले तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्सको कानुनी सहयोगमा पुनराबेदन अदालत नेपालगंजमा जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला कारागार कार्यालय बाँकेको विरुद्धमा मुद्दा दर्ता गराउनु भएको छ ।

नाबालक छोरालाई म्याद भन्दा बढी गएर अभियोग लगाएकोले गैर कानुनी आदेश गैरकानुनी थुना राख्ने गरेको आदेश, काम कारवाही बदरका लागि थर्ड एलायन्स उप क्षेत्रीय कार्यालयको कानुनी सहयोगमा पुनराबेदन अदातल नेपालगंजमा बन्दी प्रत्यक्षीकरण मुद्दा दर्ता गराएको थर्ड एलायन्स उप क्षेत्रीय कार्यालयले जनाएको छ । शुक्रबार पुनराबेदन अदालत नेपालगंजमा नाबालक मुजाहिद्दिन खाँका बुबाले थर्ड एलायन्स उपक्षेत्रीय कार्यालयको कानुनी सहयोगमा दर्ता गराएको मुद्दामा न्यायधिश अवध विहारी प्रसाद सिन्हाको बेन्चले सरकारी वकील मार्फत लिखित जवाफ सहित बन्दीलाई समेत ३ दिन भित्र अर्थात कार्तिक ३ गते हाजीर गराउन आदेश दिनु भएको छ ।बन्दी प्रत्यक्षी करणको मुद्दा थर्ड एलायन्सका कानुनी सहयोगी विश्वजीत तिवारीले हेरी रहनु भएको छ । तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) ले मानवअधिकार उल्लंघनको घटना, सार्वजनिक सरोकारको मुद्दा तथा बिभेदको बिरुद्धमा मुद्दाहरुको लिटिगेसन ९ीष्तष्नबतष्यल० गर्दै आइरहेको थर्ड एलायन्सका उप क्षेत्रीय संयोजक आलम खानले बताउनु भयो । खानका अनुसार, जसमा बन्दी प्रत्यक्षिकरण, गैरकानुनी थुना, यातना, सामाजिक न्याय, नागरिकता तथा अन्तरिम संविधान र अन्तरराष्ट्रिय मानवअधिकार सन्धि सम्झौताद्धारा प्रदत्त अन्य संबैधानिक तथा कानूनी अधिकारको प्राप्तिको लागि कानुनी सहायता प्रदान गर्दै आएको छ ।

थर्ड एलायन्सका उप क्षेत्रीय संयोजक आलम खानले गैरकानुनी थुना वा प्रक्राउ, गैर न्यायिक हत्या , यातना, राज्य बिहिनता वा नागरिकता, छुवाछुत, बिभेद,समावेशीकरण (असमावेशी कार्य) लाई विषयगत क्षेत्र मानेर कानुनी सहयोग प्रदान गर्दै आई राखेको छ । थर्ड एलायन्स उप क्षेत्रीय कार्यालय नेपालगंजले बाँके जिल्लामा ३ महिनामा बन्दी प्रत्यक्षीकरण र निषेधज्ञाको गरी ५ वटा मुद्दाहरु दर्ता गराएको जनाएको छ । बाँके प्रहरीले गैर कानुनी रुपमा पक्राउ गरी झुठो अभियोग लगाएर मुद्दा चलाउने गरे पनि कसैले कुनै चासो नदिएको निजामुद्दीनले गुनासो गरेकका छन् ।
श्रोत :

No comments:

Post a Comment