Wednesday, October 15, 2014

प्रेस बिज्ञप्ति

मिति २०७१ आश्विन २८ गतेका दिन बिशेष अदालतको आदेशमा धरौटी नदिइ कारागार कार्यालय, डिल्ली बजारमा पुर्पक्षको लागि थुनामा रहेका डा. सि. के राउतलाई राती सुत्ने ठाउँको व्यवस्था नरहेकोले पानीमा भिजेर नै बस्नु भएको तथा खाना पानी, बस्ने ठाउँको व्यवस्था नगरेको जानकारी प्राप्त भएको छ । साथै आज आश्विन २९ गते निजको दाई जयकान्त राउत, आफन्त, अधिकारकर्मी समेतलाई भेट्न समेत नदिएको उक्त कार्य प्रति हाम्रो ध्यानार्कषण भएको छ ।
त्यसर्थ निजलाई कारागारमा खाना पानी, बस्ने तथा सुत्ने ठाउँको तत्काल व्यवस्थापन गर्नुको साथै परिवार, मानवअधिकार कर्मी, नागरिक समाज, वकिललाई भेट्न दिनको लागि अपिल समेत गर्दछु ।

रक्षाराम हरिजन
थर्ड एलायन्स

No comments:

Post a Comment