Monday, August 25, 2014

दलित युवाका परिवारलाई घरबाट निकालियो


कपिलवस्तुको लवनी गाविस-५ का २१ वर्षीय विनयकुमार हरिजन र सोही स्थानकी १९ वर्षीया सिता चौधरीले गत साउन २१ गते भागेर विवाह गरेपछि केटी पक्षका परिवारले केटाको घरमा तालगा लगाइदिएका हुन् ।
दलित भएर आफ्नी छोरी लगेको भन्दै युवतीका दाजु नन्दलाल चौधरी उनका साथीहरु राकेश यादव, रामचन्द्र यादव, किशुन चौधरी र नेपाली कहाँर लगायत युवाले विनकुमारी हरिजनसहितलाई घरबाट निकाली ताल्चा लगाएपछि आफूहरुको सडकमा बास भएको विनयका काका रामनेवास हरिजनले बताए ।
कपिलवस्तु । अन्तरजातीय विवाह गर्दा कपिलबस्तुमा एक दलित परिवारको सडकमा बास भएको छ । दलित समुदायका एक युवाले कथित उच्च जातिकी एक युवतीसँग विहे गरेपछि ती युवाका परिवारको सडकमा बास भएको हो ।
साभार: http://www.onlinekhabar.com/2014/08/182449/

No comments:

Post a Comment