Monday, August 18, 2014

रुपन्देहीमा मानवअधिकारको व्यापक उल्लघन

२ भदौ, भैरहवा । रुपन्देही जिल्लामा अझै पनि यातना, गैर न्यायिक हत्या, गैर न्यायिक हिरासत, लैङ्गिक हिंसा, बिभेद र बहिस्करण लगायतका मानवअधिकार बिरोधी घटनाहरु अनुगमनको क्रममा पाईएको एम्नेष्टी ईन्टरनेशनलका एशिया निर्देशक रिचार्ड बेनेटले बताएका छन ।
तराई मानव अधिकार रक्षक संजालद्धारा भैरहवामा आयोजित पत्रकार सम्मेलनमा निर्देशक बेनेटले उक्त कुरा बताएका हुन् । तराईमामा भएका बिभिन्न मानवअधिकारको अवश्था अध्ययन तथा अनुगमन गर्न रुपन्देही आएका बेनेटले लामो अनुसन्धान र बर्षौ देखि नेपालमा रहि गरेको कार्य अनुभवको आधारमा आफुले यस्ता घटना पाएको बताए ।
तराई मानव अधिकार रक्षक संजालका केन्द्रिय अध्यक्ष दिपेन्द्र झा सहित आएका निर्देशक बेनेटले रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा भएको रामसेवक धोबीको गैर न्यायिक हत्याको बारेमा असुरैना गाविसमा पुगि बुझेका थिए । कार्यक्रममा उपस्थित अन्य सहभागीहरुले प्रहरीले अझै पनि सर्वसाधारण लाई गैर न्यायिक हिरासतमा राख्ने र हिरासतमै बिभिन्न बहानामा यातना दिने गरेको गुनासो राखेका थिए ।
एडभोकेसी फोरमका अध्यक्ष शिव गौडेलले प्रहरीले पिडितले ल्याएको जाहेरी नै दर्ता नगरेको बताए । रुपन्देही प्रहरी प्रमुखले भन्दा पनि उनि मातहतका प्रहरी अधिकारीहरुले बिभिन्न बाहनामा जाहेरी दर्ता नै नगरि पिडकलाई उन्मुक्ति दिने गरेको बताए । उनले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको महिला तथा बालबालिका सेल र बिभिन्न ईलाका प्रहरी कार्यालय प्रमुखहरु बिच साठगाठ गरेको आरोप समेत लगाए ।
पत्रकार-सलमान खान
अनुगमन तथा छलफलका केहि तस्विरहरु 

रुपन्देही जिल्लाको मानव अधिकारको अवस्थाको अवस्था बुझ्नका लागि Amnesty International Asia को Director Rechard Bennet, थर्ड एलायन्सका अध्यक्ष दीपेन्द्र झा सहितको टोलीले अनुगमन गर्दै. 
तस्बिर: शैलेन्द्र प्रसाद हरिजन 




No comments:

Post a Comment