Tuesday, August 12, 2014

कंचनपुरमा पुनः यातना

कंचनपुर जिल्ला भिमद्दत्त नगरापालिका वार्ड नं.५ बस्ने (सशस्त्र प्रहरी बलका १० दिन कोलागी घरबिदामा आएका प्रहरी हवल्दार )महाबीर बिश्वकर्मा र निजको भतिजा नरेश बि.क. २०७१ साउन १५ गते साँझ करिब ७ः३० बजे कंच्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगर देखि करिब ३ किलोमिटर पश्चिममा रहेको गडडा चौकीबाट घर फर्कीरहेको अवस्थामा आप्mनै वार्ड भीमदत्त नगरपालिका ५ सुकासाल तीनतारामा राजु नेगीको पसलबाट  निज महाबीरको भतिजा नरेश वि.क.ले चुरोट माग्दा साहु राजु नेगीले तँ डुमलाई चुरोट दिन्न भनेर गाली गलौज गर्न थाले पछि ।

महाबीरले किन झगडा गर्छौ भनेर छुटाउन खोज्दा हवल्दार महाबीर विश्कर्मालाई पसले नेगी, उनकी श्रीमति, घर मालिक बिरेन्द्र चन्द र लोक बहादुर चन्दले कुटपिट गरे ।

यसरी महाबीरलाई कुट्न थालेपछि नरेश बि.क मलाई पनि पिटछन् भन्ने डरले  भागे र निज महाबीरलाई लठ्ठी, मुक्का,लात प्रयोग गरी कुटपिट गरे अनि केही समय पछि रातीको ९ बजेको समयमा इलाका प्रहरी कार्यालय गडडा चौकीबाट प्रहरी टोली घट्नास्थल पुगी  हवल्दार महाबीरलाई प्रहरी कार्यालयमा लगेको थियो

प्रहरीले निजलाई नियन्त्रणमा लिंदा खेरी नै महाबीरको टाउकोबाट रगत बगिरहेको थियो । उनलाई इलाका प्रहरी कार्यालयमा लगेर इलाका इन्चार्ज राजेन्द्र चन्द र असई नारायण नेगीले साले दलित ठूलो हुने भन्दै  लात,मुक्का, लठ्ठी प्रयोग गरी करिब २५ मिनेट सम्मा कुटपिट गरे र इन्चार्ज चन्दले बुटले छातीमा हनेपछि महाबीर बेहोस भए पछि निजलाई उपचारका लागी महाकाली अञ्चल अस्पताल लगेको थियो । कुटाईबाट महाबीरको टाउकोमा घाउ भई १० वटा टांका लागेको बताइएको छ । 

महाबिर बिश्वकर्माका भाई लोकेन्द्रल बि.क  उक्त प्रहरी कार्यालयमा गई दाई महाबीरलाई किन कुटेको भनेर सोधे पछि असाई नारायण नेगीले निजका भाई लोकेन्द्र बि.कलाई पनि कुटेका थिए कुटाईबाट सामान्य चोट लागेको छ ।

महाबीरको टाउको मा गम्भीर चोट लागेकाले तत्कालै उनलाई भारतको खटिमा अस्पतालमा रिफर गरिएको र हाल उनको खटिमा स्थित तपन अस्पतालमा उपचार भइरहेको छ । उनका भाई लोकेन्द्रका अनुसार टाउको मा १० टाँका लागेका छ । उनले दुध बाहेक अरु केही खाएका छैनन् ।

सशस्त्र प्रहरी हवल्दार  महाबीर वि.क कञ्चनपुर स्थित सशस्त्र प्रहरी मझगाउँ सीमा सुरक्षा बलमा कार्यरत छन् । उनी घर बनाउने भन्दै २० दिनको विदा लिएर घर आएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी उपरीक्षक राजेन्द्र चौधरी र इलाका प्रहरी कार्यालयका  इन्चार्ज चन्द प्रत्यक्ष रुपमा घट्नालाई साम्य पार्ने खोजिरहेका भाई लोकेन्द्र वि.क.ले बताएका छन् ।

न्यायका लागि पहल गरी दिन थर्ड एलायन्स संग माग गरेका छन् ।

No comments:

Post a Comment