Sunday, May 4, 2014

प्रहरीले यातना दिएको भन्दै प्रहरी बिरुद्ध जिल्ला अदालत कन्चनपुरमा उजुरी दर्ता

प्रहरीले यातना दिएको भन्दै प्रहरी बिरुद्ध जिल्ला अदालत कन्चनपुरमा यातना क्षतिपुर्तिको लागि उजुरी दर्ता  (दर्ता न १०६७) भएको छ । कन्चनपुर बस्ने कालु चौधरीलाई २०७१/१/१७ गते  जि.कं.भि.न.पा वा.नं.२ महुलिया वस्ने मीन ऐर भनेर चिनिने व्यक्तिले प्रहरीले गरेको उजुरीको अाधारमा प्रहरीले अपहरणकारी शैलीमा पक्राउ गरी यातना दिएका थिए । 
निज कालु चौधरीलाई असह्य हुने गरी टाउकोमा मुक्काले प्रहार गरी पल्टाई मेरो पैतालामा पलम्वरको पाइपले लगातार कुटेको कालु चाैधरीले बताएको छन् । बिच बिचमा १०० पटक कान समातेर उठ वस गराउँदै कुटदै फेरी १०० पटक उठ वस गराउँदै लगातार कुटदै उठ वस गराउँदै १००० पटक कान समातेर उठ वस गर्दासम्म कुटपीट गरेको उनको भनाई छ । उनले भने "यस बिचमा पटक पटक म रोइ कराई चिच्याई माफी माग्दा समेत मानवीय संवेदनाका विरुद्ध मलाई हदैसम्मको यातना दिई म अर्धवेहोस अवस्थामा हुँदा ल यो राणीका छोरा थारु लाई तपसिलमा साक्षीहरुको जिम्मा लगाई छोडेपछि दुवै अन्यायी धिरेन्द्र प्रसाद पन्त र पुष्कर बहादुर चन्दले मलाई घोर यातना दिएका हुँदा निजहरुको कुटपीट गरेको दुःख पीडा सहन गर्न नसकी म कालु चौधरी लाई  महाकाली अञ्चल अस्पतालमा भर्ना गराइदिए  ।" 
हामीलाई कानुन विपरित र मानवाधिकार विपरित भएको यस यातना विरुद्ध घाउ जाँच केश फाराम गराइमाग्न प्रहरी कार्यालयमा जाँदा उल्टा धम्कि दिई कहिंकतै उजुर गर्यौ भने ठूलो अभियोग लगाएर जीवनभर जेल काट्ने बनाइदिउला भनी भन्ने गरेकोले उनले बताए । 

No comments:

Post a Comment